
डुमरलाल मेहता
बिराटनगर। नासा ईन्भेष्टमेन्ट प्रा.लि ले आफ्नो शाखा कार्यालय देवानगञ्जमा उद्घाटन गरेको छ। भब्य कार्यक्रमको आयोजना गरेर नासा ईन्भेष्टमेन्ट प्रा.लि. ले आफ्नो शाखा देवानगञ्जमा उद्घाटन गरेको हो।
बिराटनगरलाई केन्द्र बनाएर बिभिन क्षेत्रमा सेवा दिदै आएको नासा ईन्भेष्टमेन्ट प्रा.लि. ले सुनसरी जिल्लाको देवानगञ्जमा सेवाग्राहीलाई सहज होस् भनि शाखा संचालनमा ल्यएको नासा ईन्भेष्टमेन्ट प्रा.लि. का प्रमुख अरबिन्द मेहेताले जानकारी दिए।
नेपाल स्टक एक्सचेञ्ज नेप्सेकाका पुर्व कार्यकारी अधिकृत सीईओ चन्द्र सिंह साउत रिवन काटेर शाखा कार्यालयको उद्घाटन गरिएको हो। शाखा कार्यालयको उदघाटन संगै बिहानदेखि नै आखा, कान नाक घाटी स्वास्थ्य शिबिर ,रक्तदान कार्यक्रम समेत नासाले आयोजना गरेको हो ,यस संगै देश तथा बिदेशमा चर्चित रहेका गायकहरुको समेत प्रस्तुति सांस्कृतिक कार्यक्रममा राखिएको थियो कार्यक्रम साझको ७ बजेसम्म संचालन भएको हो।
कार्यक्रममा बरिष्ठ गायक रामा मण्डल ,प्रवालादीप बिश्वाश र प्रकाश अनुरागले आफ्नो प्रस्तुति राखेर उपस्थित अतिथि तथा दर्शकहरुको मन जितेका थिए। गायक रामा मण्डलले एक हजार भन्दा बढी गीतहरुमा आफ्नो आवाज दिएका छन्। आफ्ना दर्जनबन्दा बढी गीत गाएर दर्शकलाई मनोरंजन दिएका थिए। कार्यक्रममा गायक प्रवाल्दीप बिश्वाशाले आफ्नो चर्चित मैथिली तथा नेपालि गीत गाएका थिए। नितिन गजुरेलले आफ्नो नया तथा पुराना गीतहरु राखेका थिए। प्रकाश अनुरागले पनि आफ्नो दमदार प्रस्तुतिले दर्शकको मन जितेका थिए।
कार्यक्रममा देवानगञ्ज गाउँपालिका वडा नम्बर २ को वडा अध्यक्ष मजलुम अन्सारी, वडा नम्बर ७ को वडा अध्यक्ष बद्री प्रसाद यादव, देवानगञ्ज मा.बि पुर्व प्र.अ रामेश्वर मेहता, कृष्ण मा.वि.को प्र.अ. उमेश मेहता लगायतका अतिथिहरुको उपस्थिति रहेको थियो।