भोक्राहा । वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा भोक्राहा नरसिंह गाउँपालिका उपाध्यक्षका लागि पुनम मेहताले आफ्नो पुनः उम्मेदवारी दिएको छ ।
भोक्राहा नरसिंह गाउँपालिकाकी उपाध्यक्ष पुनम कुमारीलाई जनता समाजवादी पार्टी (जसपा) बाट गाउँपालिका उपाध्यक्षका पदमा उम्मेदवारी दिएको जनाएको छ ।
मेहताले भोक्राहा नरसिंह गाउँपालिकाको करिव ८ महिना कार्यवाहक अध्यक्ष समेत चलाइएको अनुभव बटुलेको र विकास निर्माणमा क्रान्ती ल्याउन सफल बनेको कारण उनलाई स्थानीय मतदाताहरुले गाउँपालिका उपाध्यक्ष पदमा उम्मेदवारी दिन माग गरेपछि फेरि उम्मेदवारी दिएको मेहताले बताउनुभयो । उहाँलाई एक पटक फेरि जिताउँछु स्थानिय मतदाता बताउँछन् ।




