सुनसरी । भोक्राहा नरसिंह गाउँपालिका वडा नम्बर १ मा राप्रपाको प्यानल सहित विजय भएको छ ।
भोक्राहा नरसिंह गाउँपालिका वडा नं १ को वडा अध्यक्षमा राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्षमण मेहता सहित प्यानलै विजय भएको छ ।
१ हजार ९० मत ल्याएर मेहता वडा अध्यक्षमा निर्वाचित भएको निर्वाचन अधिकृत मोहन बहादुर अधिकारीले बताए ।
उक्त वडामा ३ हजार २ सय २८ मतदाता मध्ये २ हजार ४ सय ७८ मत खसेकोमा मेहताका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका युवराज दाहालले ५ सय ४७ मत ल्याएको छ।
सदस्यहरूमा , अकुल महतो ७२९, अमजाद मिँया६१५, सरिता उराँव ८२५र दलित महिला सदस्यमा आरति देवी शर्मा ८४६ मत ल्याइ निर्वाचित भएका छन् ।


										
												
												
												
												
												
												
											
