
सुनसरी । सुनसरीको इनरुवामा नेपाल कुशवाहा कल्याण समाज द्धारा स्वागत सम्मान तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।
नगरपालिका ८ स्थित रहेको गणेश नेपाल राष्ट्रिय आधारभुत विद्यालयमा शनिबार ३१ जना नवनिर्वाचित जनप्रतिनिधी , ११ जना कर्मचारी ४ जना अपाङ्ग , ५ जना एम्बुलेन्स चालक र १ जना पत्रकार , व्यापारी ,अगुवा किसान समेत ३५१ जना व्याक्तीहरुलाई नेपाल कुशवाहा कल्याण समाजले शुभकामना आदानप्रदान कार्यक्रममा स्वागत सम्मान गरेको हो।
बैशाख ३० मा स्थानीय तहका निर्वाचनमा नवनिर्वाचित भएका कुशवाहा पदाअधिकारीहरुलाई कुशवाहा कल्याण सामाजले स्वागत सम्मान गरेका छन।
कार्यक्रमका प्रमुख अथिती संघिय सांसद पुर्व राज्य मन्त्री माननीय सिताराम मेहता र विशिष्ट अथिती इनरुवा नगरपालिका उपमेयर विनिता मेहताले लवकुशको फोटोमा फुलमाला ,अबिरको टीका लगाइ र मैनबती बालेर कार्यक्रम उद्घाटन गर्नुभएको थियो ।
नेपाल कुशवाहा कल्याण समाजमा भोक्राहा नरसिंह गाउँपालिका अध्यक्ष मधुलाला मेहताले स्वागत मन्तव्यमा कल्याण समाज लाई शिक्षा , स्वास्थय , सन्चार लगायतका क्षेत्रमा कुशवाहा समुदायका व्यक्तिहरु लाई अगाडि बढनका लागि आग्रह गरेको बताउनुभयो ।
जिल्ला अध्यक्ष श्री लाल मेहताले सभा लाई सम्बोधन गर्दे सम्पुर्ण नव निर्वाचित जनप्रतिनिधिहरु लाई बधाई तथा शुभकामना दिनु भएको थियोे ।
कुशवाहा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्ष अर्जुन मेहताले जानकारी दिनुभयो ।
त्यसै गरि कुशवाहा कल्याण समाजका जेष्ठ नागरिक पुर्णी देवी मेहता , बजरङी देवी मेहता , जहरी देवी मेहता, गङाइ मेहता , रामकिसुन मेहता, अवध नारायण मेहता, झमेली देवी महतो , बचिया देवी मेहता, इन्द्रवति देवी मेहता, रामजी मेहता, जिब्छ महतो, सुकदेव मेहता, लगायतलाई सांसद मेहताले र इनरुवा नगरपालिकाका उमेयर मेहताले सम्मान गर्नुभएको थियोे ।
कार्यक्रममा संघिय सांसद पुर्व राज्य मन्त्री माननीय सिताराम मेहता , देवानगञ्ज गाउँपालिकाका अध्यक्ष बेचन मेहता ,देवानगञ्ज गाउँपालिका ३ का वडा अध्यक्ष सुशील कुमार मेहता , त्यसै गरि वडा नम्बर ६ का वडाअध्यक्ष हरिनन्दन मेहता भोक्राहा नरसिंह गाउँपालिका १ का वडा अध्यक्ष लक्ष्मण मेहता २ का वडा सदस्य बलदेव मेहता वडा ४ का वडा सदस्य शिव नारायण कुशवाहा, मनोज मेहता, श्यामदेव मेहता, अशोक मेहता, शिक्षक सुरेन्द्र मेहता , लगायतको उपस्थिति रहेको थियो ।