२०८२ कार्तिक १७       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर । एक वर्षीया बालिकाको अपहरण गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

मोरङको बिराटनगर महानगरपालिका १२ रोडषेश चोकबाट अपहरणमा परेकी बुढिगंगा गाउँपालिका १ का दिपेन यादबको १ बर्षीया छोरी निकिशा यादवको सकुशल उद्धार गर्न प्रहरी सफल भएको छ ।
अपहरणमा संग्लग्न २ जना पक्राउ परेका छन् । साउन २ गते बिहान ९ बजेको समयमा रोडषेश चोकबाट बालिका अपहरणमा परेकी भन्ने खबर प्राप्त भएसंगै १ नम्बर प्रदेश प्रहरी कार्यालयको RTI समुहको अनुसन्धान टोली र जिल्ला प्रहरी कार्यालय मोरङको अनुसन्धान टोली अनुसन्धान तथा बालिकाको खोजतलासमा खटिएको थियो ।

१ बर्षीया बालिका अपहरणमा परेको गम्भिर प्रकृतिको घटनालाई तत्काल टेक्निकल बिश्लेशणका आधारमा अनुसन्धान गर्ने क्रममा घटनामा संग्लग्न बिराटनगर महानगरपालिका ६ का २७ बर्षीय रबिन्द्र कुमार साहको संग्लग्नता रहेको खूले संगै साहलाई श्रावण ३ गते पक्राउ गरी थप अनुसन्धान शुरु भएको थियो । अनुसन्धानको क्रममा अपहरित बालिका भारतको दरभंगामा रहेको खुले संगै भारतिय प्रहरीको सहयोगमा बालिकालाई सकुशल उद्धार गरिएको तथा अपहरणमा संग्लग्न बिराटनगर ५ कि २७ बर्षीया अनु साहलाई समेत पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

पक्राउ परेका दुबै जना बिच घनिष्ट सम्बन्ध रहेको र केही महिना अगाडि अनु साहको अपहरित बालिकाको बुबा दिपेन यादव संग समेत चिनजान भएको थियो । दुबै जनाको चिनजान र भेटघाटको क्रममा अनु साहले दिपेन यादवलाई छोरी हेर्न मन लागेको भनि बारम्बार छोरी लिएर आउन कर गरे संगै श्रावण २ गते यादवले छोरीलाई लिएर रोडषेस चोकमा आएको र पुर्व योजना अनुसार केही बाहाना बनाएर अनुले दिपेनको छोरीलाई लिएर भाग्न सफल भएको अनुसन्धानको क्रममा खुल्न आएको तथा बालिकालाई सोही स्थानमा रहेका रबिन्द्र कुमारको मोटरसाईकलमा हालेर दुहवी,भान्टावारी र राजबिराज हुँदै भारतको कुनौली तर्फ पठाई रबिन्द्र कुमार नेपाल फर्केको समेत अनुसन्धानको क्रममा खूल्न आएको र अन्य थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!