२०८२ कार्तिक १७       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उदयपुर । तीन दिनदेखि उदयपुरमा पसेको सप्तकोसीको पानीले निकास खोज्नेक्रममा बेलका नगरपालिका २ मा थप समस्या बढेको छ । सो वडाको लालभित्तीदेखि एकताचोक, कान्तीचोक, रामनगर, नारायणचोकदेखि तल्लोबस्ती चन्द्रपुर हुँदै पुरन्दहसम्म त्यसको थप असर देखिएको बेलका नगर प्रमुख अशोक कार्कीले बताउनुभयो ।

वडा ८ डुम्रिबोटेदेखि कटान गरी पसेको भङ्गालोको पानी बोट विरुवाले रोकेर जमेर बसेको थियो । जमिएको पानी सामान्य गतिमा बहाव हुँदैगएकोमा आजदेखि तिब्र वहाव हुन थालेकाले जोखिम बढेको हो । दुई दिनदेखि जमेर रहेको पानी तेज गतिमा बग्नसक्ने र क्षति हुनसक्ने देखिएपछि स्थानीय सरकार र प्रशासन आज त्यसतर्फ केन्द्रित भएको छ ।

वडा २ मा घर पर्खेर बसेका र घर नै छाड्न नमानेकाहरुको उद्धारमा सुरक्षाकर्मी लागिपरेको बताएको छ । नगर प्रमुख कार्कीका अनुसार बेलकाको वडा २, ३, ८ र ९ वडामा जमेको पानीले वडा १ पुरन्दहबाट निकास लिदै त्रियुगा नदीमा मिसिएको छ । त्रियुगामा मिसिएको पानी पुनः सप्तकोशीमै गएर मिसिएको छ ।

उदयपुरमा पसेको सप्तकोशीको भङ्गालो रोकिने अवस्था अझै नदेखिएको प्रहरीको भनाइ छ । यसले उदयपुरसँगै सुनसरीको बराहा क्षेत्रको वडा ६ र ९, सप्तरीको केही भुभागसमेत प्रभावित बनेको छ । हालसम्म पानीको निकास सामान्य ढङ्गले भइरहेकाले ठूलो क्षति नभएको प्रहरीले बताएको छ ।

डुवान क्षेत्रमा उद्धार कार्य जारी नै छ । नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीको टोली निरन्तर खटिरहेको छ । एकद्वार प्रणालीमा नगरपालिकाले राहत संकलन गरी प्रभावित क्षेत्रका पीडितहरुलाई राहत तथा सहयोग वितरण गर्दैआएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!