२०८२ कार्तिक १७       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

सुनसरी । छिमेकी महिला विच झगडा हुदाँ घाईते भएको एक महिलाको मृत्यु भएको छ । सुनसरीको बर्जु गाउँपालिका वाड नम्बर ३ को २६ वर्षिय चन्द्रकला देवी रायको मृत्यु भएको हो । गत १३ गते शुक्रबार संगीता देवी रायको खेतमा घाँस काटेको विषयमा झगडा भएको थियोे । झगडाको क्रममा गम्भीर घाइते भएको चन्द्रकलालाई उपचारको लागि कोशी अस्पताल विराटनगर ल्याएको थियोे । उनको आइतबार १२ बजे उपचारको क्रममा मृत्यु भएको हो उनको श्रीमान सकलदिप रायले बताउनुभयो ।
मृतक चन्द्रकलादेवीलाई छिमेकी सङ्गीता र उनका परिवारले घाँस काटेको विषयलाई लिएर निर्घात कुटपिट गरेको मृतकका श्रीमान्  रायले बतायनुभयो ।

छिमेकीहरूले श्रीमतीलाई शरीरको विभिन्न भागमा कुटपिट मात्र गरेर योनिमा पनि हात हालेर कुटपिट गरेका रहेछन् । अस्पताल पुर्याउँदा सम्म यौनिबाट रगत बगिरहेको थियो मृतकका आफन्तले बताउनुभयो । कुटपिटको विषयमा छिमेकमा नै जनप्रतिनिधीहरु मिलेर मिलाउन खोजे पनि पिडितका आफन्त मानेका थिएनन् । घाईते महिलालाई दुई चोटी अस्पताल ल्याइएको थियो । तर दोस्रो पटक अस्पताल ल्याउदा उनको मृत्यु भएको थियो ।

महिलालाई कुटपिट गर्ने संगिता देवी राईलाई प्रहरीले पक्राउ गरेको छ । सुनसरी प्रहरीका अनुसार कुटपिट गरि हत्या गरेकि आरोपमा बर्जु गाउँपालिका वडा नं ३ का वर्षिय ४० संगिता देवी राई पक्राउ गरेको छ । उनलाई हिरासतमा राखेर घटना बारे थप अनुसन्धान थालेको प्रहरीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!