२०८२ कार्तिक १७       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ८६८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने तीनजना सङ्क्रमितको मृत्यु भएको छ ।

असार अन्तिम सातादेखि कोरोना सङ्क्रमणदर निरन्तर उकालो लाग्दै गएको छ । साउन १ गते चार प्रतिशतको हारहारीमा भएको सङ्क्रमणदर बढेर झण्डै १३ प्रतिशतमा पुगेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा। समीर अधिकारले कुल छ हजार ७०५ जनाको एन्टिजेन र पीसीआर परीक्षण गर्दा ८६८ जनामा कोरोना पुष्टि भएको जानकारी दिनुभयो ।

डा.अधिकारीका अनुसार तीन हजार ६१४ जनाको पीसीआर परीक्षण गर्दा ४९६ र तीन हजार ९१ जनाको एन्टिजेन परीक्षण गर्दा ३७२ जनामा कोरोना पुष्टि भएको हो ।

काठमाडौं उपत्यमामा मात्रै तीन सय जनामा कोरोना पुष्टि भएको डा।अधिकारीले जानकारी दिनुभयो ।

त्यस्तै, पछिल्लो २४ घण्टामा ४१४ जना सङ्क्रमित सङ्क्रमणमुक्त भएका छन् । सोही समयमा एक लाख ३८ हजार ८४० जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार ८८५ पुगेको छ ।

सङ्क्रमितमध्ये करिब ५० प्रतिशतमा कुनै लक्षण नदेखिने हुँदा आफू र आफ्ना आफन्तलाई जनस्वास्थ्यका मापदण्डा अपनाएर सुरक्षित राख्न डा. अधिकारीको आग्रह छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!