डुमरलाल मेहता
सुनसरी । सुनसरीको देवानगञ्ज सहित जिल्लाभरी नै विभिन्न कार्यक्रमको आयोजना गरि ५८ औं राष्ट्रिय बाल दिवस मनाइएको छ । दिवसका अवसरमा बालबालिकाको अधिकार रक्षार्थ कार्यरत विभिन्न संघ संस्था तथा विद्यालयहरुले अलग–अलग कार्यक्रम आयोजना गरेका छन् ।
दिवशको अवसरमा देवानगञ्ज गाउँपालिका २ मा मञ्च एक प्रतिभा अनेक वब्तृत्वकला प्रतियोगिता र नृत्य प्रतियोगिता कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमको प्रमुख अतिथि गाउँपालिका अध्यक्ष बेचन प्रसाद मेहताले बालबालिकाको हकअधिकार सरक्षणको लागि हामी सधै तयार रहेको बताउनुभयो । अध्यक्ष मेहताले बालबालिकाहरु क्षेत्र अझ विकास होस् र यसमा अगामी दिनमा हुने विभिन्न किसीमको कार्यक्रममा गाउँपालिकाको सहयोग रहन्छ । उपाध्यक्ष कुमारी विभा यादव, प्रशासकीय अधिकृत राम राज पौडेल लगायतले बालबालिकाको हकअधिकारको बारेमा शुभकामना मन्तव्य राखेको थियो । कार्यक्रममा मञ्च एक प्रतिभा अनेक वब्तृत्वकला प्रतियोगिता र नृत्य प्रतियोगितमा भाग लिएका बालबालिकालाई पुरस्कार समेत वितरण गरेको थियो ।
त्यसै गरि इनरुवा नगरपालिका ९ बबियाको सरस्वती माविमा अध्ययरत सबै बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ । विद्यालय व्यवस्थापन समितिको पहल र विभिन्न सहयोगी हातहरुको सहयोगमा विधार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको हो ।
विभिन्न दाताहरुबाट प्राप्त भएको शैक्षिक सामग्री विद्यालय व्यवस्थापन समितिका सदस्यहरु र प्रधानाध्यापक तेजनारायण यादवले वितरण गनुभएको थियो ।
शैक्षिक सामग्री वितरण कार्यक्रममा मानव अधिकार सञ्जालका संयोजक रमेश भट्टराई, अधिकारकर्मी सरिता कार्की घिमिरे, गंगाराम खत्वे, पूर्व वडा सदस्य जसलाल यादव, देवलाल यादव, नेपाल उराँव आदिवासी जनजाती प्रतिष्ठान सुनसरीका सम्पतलाल उराँव, शिक्षक श्यामप्रसाद साह सहितको कार्यक्रमको उपयोगिताका बारेमा बोल्नुभएको थियो ।
कार्यक्रममा मानवअधिकारकर्मी रमेश भट्टराईले बालबालिकाको भबिष्यले समाज र देशको भविष्य निर्धारण गर्ने भएकाले शैक्षिक सामग्री वितरण गरेकोमा दाताहरुलाई धन्यवाद दिनुभयो ।

उहाँले नेपालमा रहेका बालबालिकाको भविष्य उज्जवल बनाउन अभिभावक र अग्रजहरुले बहुआयामिक रुपमा उनीहरुलाई सही बाटो देखाउनुपर्ने धारणा राख्नुभयो । सरकारले हरेक बर्ष भदौ २९ गतेलाई राष्ट्रिय बाल दिवस घोषणा गरी चेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ । हरेक वर्ष बाल दिवस मनाइदै आएपनि बालबालिकाको अवस्थामा खासै सुधार हुन नसकेको गुनासो वालअधिकारकर्मीको छ ।
उता कोशी गाउँपालिकामा ५ को मदरसा दारुल होदा सल्फियाले पनि बाल दिवसमा कार्यक्रम सम्पन्न गरेको छ । मदरसाले बुधबार वालमैत्री समाजको आधार जिम्मेवारी परिवार, उत्तरदायी सरकार मुल नारा सहित बाल दिवस मनाएको स्थानीय मुस्ताक आलमले जानकारी दिनुभयो । उता विद्यालय व्यवस्थापन समितिका सदस्य जयकृष्ण यादवलाई मानव अधिकार सञ्जाल सुनसरीले बधाई सहित सम्मान गरेको छ । मानव अधिकार र पत्रकारिता क्षेत्रमा दुई दशकदेखी सकृय यादव सरस्वती मावि बबियाको विद्यालय व्यवस्थापन समितिका सदस्यमा निर्वाचित भएको भन्दै सम्मान गरेको सञ्जालकका संयोजक रमेश भट्टराईले जानकारी दिनुभयो ।




