विराटनगर । मोरङको रंगेली नगरपालिकामा दुई सय जना नेकपा एमालेमा प्रवेश गरेका छन्।
सोमबार घटस्थापनाको दिन काली मन्दिरको प्रांगणमा आयोजित बृहत् पार्टी प्रवेश कार्यक्रमा विभिन्न पार्टी त्याग गरेका गरेका दुई सय नेता(कार्यकर्ता एमालेमा प्रवेश गरेका हुन्।
कार्यक्रममा बोल्दै एमाले मोरङका अध्यक्ष ऋषिकेश पोखरेलले आफूहरूलाई जनताको उल्लेख्य साथ रहेको दाबी गरे।
हामी एक्लै चुनावमा जान्छौं, हामीलाई कसैको डर छैन, उनले भने, एमालेलाई जनताको साथ छ, बाँकी चुनावपछिको मतपरिणामले सबैको जबाफ दिन्छु ।
यस्तै, एमाले नेता योगी मण्डलले आगामी मंसिर ४ गते हुने आमनिर्वाचनमा एमालेबाहेक अरू विकल्प नरहेको बताए।

प्रदेश कमिटी सदस्य मनोज अग्रवालले विभिन्न पार्टी प्रत्याग गरी एमाले प्रवेश गर्नेहरूको जनलहर रहेको बताउँदै पछिल्लो समय युवाजमातको रोजाइ नै एमाले रहेको दाबी गरे।
नेकपा एमाले मोरङ जिल्लाको अध्यक्ष ऋषिकेश पोखरेलको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा नेता योगी मण्डल, मनोज अग्रवाल, रंगेली नगरपालिकाका मेयर तथा प्रदेश कमिटी सदस्य दिलीपकुमर अग्रवाल, प्रदेश कमिटी सदस्य दिल्लीराम दाहाल ,जिल्ला समिति उपसचिव सन्तोषकुमार साह र ढलबहादुर बस्नेतलगायतको उपस्थिति थियो।




