डुमरलाल मेहता
सुनसरी। सुनसरी क्षेत्र नम्बर ४ बाट आसन्न प्रतिनिधि सभा चुनावका लागि आइतवार काँग्रेसका ज्ञानेन्द्र बहादुर कार्की र नेकपा एमालेका जगदीश प्रसाद कुशियैतले मनोनयन दर्ता गराएको छ ।
सत्ता गठबन्धनबाट नेपाली काँग्रेसका केन्द्रीय सदस्य, संचार तथा सूचना प्रविधि मन्त्री एवम् सरकारका प्रवक्ता समेत रहेका ज्ञानेन्द्र बहादुर कार्की र नेकपा एमालेका सुनसरी जिल्ला ईन्चारज तथा प्रदेश १ का पुर्व मन्त्री समेत रहेको जगदीश प्रसाद कुशियैतले क्षेत्र नं(४) बाट मनोनयन दर्ता गरेको हो।
नेकपा एमालेको तर्फबाट सुनसरी क्षेत्र नं. (४)मा रमेश श्रेष्ठले चुनाव लडेका थिए। श्रेष्ठले ठाउँमा कुशियैतले यसपालि क्षेत्र नं(४) बाट प्रतिनिधि सभाका रुपमा उम्मेदवार भएका छन् ।
कार्की अहिले बर्तमान सरकारका सञ्चार तथा सूचना प्रविधि मन्त्री समेत रहेको छ । उनले २०७४ को निर्वाचनमा सुनसरी क्षेत्र नं.४ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए भने नेकपा (एमाले)को तर्फबाट सुनसरी क्षेत्र नं.४ मा प्रतिनिधी सभा सदस्यका लागी जगदीश कुसियैतले उम्मेदवारी मनोनयन दर्ता गरेका छन । उनी प्रदेश न। १ को पुर्व वन, वतावरण तथा प्रयर्टन मन्त्री हुन । उनले २०७४ को निर्वाचनमा सुनसरी क्षेत्र नं.४ )क) बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए ।
काँग्रेसको तर्फबाट उम्मेदवार रहेका कार्की र एमालेका उम्मेदवार कुशियैतबीच कडा प्रतिस्पर्धा हुने भएको छ ।




