२०८२ कार्तिक १७       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडौं । ललिता निवास जग्गा प्रकरणका आरोपित कांग्रेस नेता विजयकुमार गच्छदारको उम्मेदवारीविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ ।

सोमबार काठमाडौंका एक युवाले सुनसरी क्षेत्र नं. ३ बाट प्रतिनिधिसभाका लागि उम्मेदवारी दर्ता गराएका गच्छदारविरुद्ध निर्वाचन कार्यालयमा उजुरी दर्ता गरेका हुन् ।

काठमाडौं ७ बस्ने विवेक अधिकारीले भ्रष्टाचारको मुद्दा खेपिरहेका गच्छदारसँग चुनाव लड्ने नैतिकता नभएको भन्दै उनको उम्मेदवारी खारेजीको माग गर्दै आयोगमा उजुरी दिएका थिए । आयोगका प्रवक्ता शालिग्राम पौडेलले निर्वाचन क्षेत्रमा रहेको निर्वाचना कार्यालयमा उजुरी पठाउन निर्देशन दिएका छन् ।

आयोगले आइतबार उम्मेदवारी दर्ता गराएकाहरुविरुद्ध सोमबार उजुरी आब्हान गरेको थियो । ललिता निवास सरकारी जग्गा घोटला प्रकरणमा विशेष अदालतबाट १० लाख धरौटी बुझाएर रिहा भएका गच्छदारसँग चुनाब लड्ने नैतिकता नभएको भन्दै ती युवाले उजुरी दर्ता गराएका हुन् ।

उजुरी अनुसार २०७६ साल माघ २२ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटार स्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरेको ठहर गर्दै गच्छदारसहित १७५ जनालाई भ्रष्टाचारको मुद्दा दायर गरेकोमा आरोपित गच्छदार १० लाख धरौटीमा रिहा भएका हुन् । गच्छदार वि।सं।२०६७ सालमा भौतिक, योजना तथा निर्माणमन्त्री भएको बेला सरकारी जग्गा व्यक्तिको नाममा नामसारी भएको थियो ।

‘विजयकुमार गच्छदार पुनः निर्वाचन लड्नु भनेको जनमतको अपमान हो । कानुनतः गच्छदारले चुनाब लड्न पाएता पनि निष्कलंक, स्वच्छ र नैतिकवान उम्मेदवार पाउनु जनताको पनि अधिकार हो ।’ उजुरीमा भनिएको छ । प्राप्त उजुरी अध्ययन गरी छानविन गरिने जिल्ला निर्वाचन कार्यालय सुनसरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!