२०८२ कार्तिक १६       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

डुमरलाल मेहता

देवानगंज । छठ पर्वको मुख्य दिन आइतबार अस्ताउँदो सूर्य अर्घ्य दिई पूजा अर्चना गरिएको छ ।  सुनसरीको देवाजगंज, हरिनगर,इनरुवा, इटहरी, दुहबी , दुहबी, गढी, बर्जू लगायत ठाउँमा नहर, पोखरी, कृतिम जलासय सहित जताततै सूर्यदेव र षष्ठी (छठी) देवीको महिमा गाइएका गीत गुञ्जदैछन् ।

छठ पर्वको तेस्रो र मुख्य दिन मानिने आइतबार बर्तालु निराहार व्रत गरिरहेका छन् । साँझ नै बर्तालुले पवित्र जलाशयमा सजाइएको घाटमा मिष्टान्न परिकार राखिएका डाली हातमा उठाएर अस्ताउँदो सूर्यलाई पहिलो अर्घ्य दिएका छन् । यो विधिलाई मिथिलाको बोलीचाली भाषामा ‘ र ‘सझुका अरख’ भन्ने गरिन्छ ।

फोटो: अरविन्द

बर्तालुले कार्तिक शुक्ल चौथीका दिन ‘नहाय(खाय’ र ‘अरबाअर्वाइन’ को पहिलो विधि गत शुक्रबार नै सम्पन्न गरिसकेका छन् । त्यसैगरी शनिबार पञ्चमीका दिन ‘खरना’ विधि सम्पन्न गरिएको छ । श्रद्धा, निष्ठा र भक्तिसाथ मनाइने छठ पर्वका अवसरमा मिथिलाका गाउँ, नगर बस्ती अहिले दुलहीझैँ सिङ्गारिएका छन् । बर्तालुले सोमबार सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ पर्व विधिवतरूपमा समापन हुनेछ । व्रत समापन गरिने बिहानको यो विधिलाई ‘भोरका अरख’ वा ‘पारन’ भनिन्छ ।

केही दशकअघि मिथिला र तराई क्षेत्रको मात्र मुख्य पर्व मानिने छठ अब नेपालको सन्दर्भमा राष्ट्रिय पर्व नै बनिसकेको छ । अब मुलुकको राजधानीसहित विभिन्न ठाउँमा उत्सवकै रूपमा छठ गरिन थालिएको छ । केही वर्षयता सामान्य परिस्थिति रहँदा राष्ट्रप्रमुख (राष्ट्रपति) नै छठ घाटमा पुग्न थालेपछि यसको महत्त्व अझ बढेको छ । पाहाड, मधेस र विभिन्न परम्पराका नेपालीबीच सांस्कृतिक घुलमिलले छठ पर्वमात्र नभएर अन्य धेरै चाडबाड साझा बन्दै गएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!