सुनसरी । सुनसरीका चार निर्वाचन क्षेत्रमा अहिले बिहान ८ बजे सर्वदलीय वैठक वसेर मतगणना सुरु गरिने भएको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले राति अबेरसम्म मतपेटिका संकलन कार्य भएकोले अहिले बिहान सर्वदलीय बैठकमा सहमति गरेर मतगणना सुरु गरिने बताए ।
मतगणनाका लागि सुनसरी क्षेत्र नम्वर १ को धरान सभागृह,क्षेत्र नम्वर २ को शिक्षा तालिम केन्द्र इनरुवा, क्षेत्र नम्वर ३ को दुहबी रंगशाला र क्षेत्र नम्वर ४ को इनरुवा स्थित भगवती माविमा तयारी पूरा गरिएको छ ।
५ लाख ४४ हजार ९४१ मतदाता रहेको सुनसरीमा ६४ प्रतिशत अर्थात ३ लाख ४६ हजार मत खसेको छ ।




