२०८२ कार्तिक १६       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

इलाम । पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई इलाम क्षेत्र नम्बर १ मा ५४८ मतले पछि पार्दै नेकपा एमालेका उम्मेदवार महेश बस्नेतले चार हजार तीन सय ३६ मत प्राप्त गर्दै अग्रता लिनु भएको छ ।

नेकपा एकीकृत समाजवादीका नेता समेत रहनु भएका खनालले तीन हजार सात सय ८८ मत ल्याउनु भएको छ । अहिले मत गणना जारी छ । इलाम क्षेत्र नं १ मा प्रतिनिधिसभा तर्फ दश हजार १४२ मत गणना भएको छ । यसमध्ये नौ हजार ६५२ मत सदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

इलाम क्षेत्र नं १ को प्रदेश सभा १ तर्फ भने एकीकृत समाजवादीका उम्मेदवार खिनु लङ्वाले दुई हजार ६४६ मत प्राप्त गर्दै अग्रता लिनु भएको छ । लङ्वालाई नेकपा एमालेकी शोभा पराजुलीले दुई हजार १७२ मत प्राप्त गरी पछ्याइरहनु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!