२०८२ कार्तिक १५       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

सुनसरी । सुनसरी–३ मा नेकपा एमालेकी भगवती चौधरीले अग्रता कायम राखेकी छिन्।

जारी मतगणनामा उनले १० हजार १ सय ८६ मत प्राप्त गरेकी छिन्। त्यस्तै नेपाली कांग्रेसका विजय गच्छदारले ६ हजार १६ मतका साथ उनलाई पछ्याइरहेका छन्।

तेस्रो स्थानमा भने राष्ट्रिय स्वतन्त्र पार्टीका कमलबाबु मैनाली छन्। उनले ४ हजार ७ सय ६८ मत प्राप्त गरेका छन्।

निर्वाचन अधिकृत उमाकान्त पौडेलका अनुसार सुनसरीमा प्रतिनिधि सभा र प्रदेश सभाका प्रत्यक्ष र समानुपातिक सबैका मतपत्र खोलिएका छन्। जसकारण गणनामा ढिलाइ भइरहेको छ।

‘हामीले प्रत्यक्ष र समानुपातिक सबैको मत गनिरहेका छौं,’ पौडेलले भने, ‘अहिलेसम्म २४ हजार ९ सय १६ मतको परिणाम आएको छ।’

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!