२०८२ कार्तिक १५       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

सुनसरी । समावेशी विकासका लागि रूपान्तरित समाधानः पहुँचयुक्त र समतामुलक विश्वका लागि उर्जावान सिर्जनशिलताको प्रावधान भन्ने नारासहित शनिवार मनाइएको ३१ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा सुनसरीको देवानगञ्ज गाउँपालिकामा सचेतनामूलक र्‍याली निकालिएको छ ।

करुण फाउण्डेसन, सामाजिक विकास मन्त्रालय प्रदेश नम्बर १ र देवानगञ्ज गाउँपालिकाको त्रिपक्षीय सहयोग र अपाङ्गता समावेशी संस्थाको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।

देवानगञ्ज गाउँपालिको कार्यालयबाट निस्किएको र्‍याली देवानगञ्ज गाउँपालिका वडा नम्बर २ हुदै गाउँपालिकाको सातै वटा वडामा पुगेर कोणसभामा परिणत भएको थियो । र्‍यालीमा सहभागीहरुले ‘अपाङ्ता अधिकार सुनिश्चित गर’, ‘हामीलाई दया, माया होइन, अधिकार देऊ’, अपाङ्तालाई सभ्य भाषा प्रयोग गरौँ, अपाङ्तालाई सम्मान ब्यहवार गरौँ लगायतका नारा लगाएका थिए । कोणसभा सकेर अपाङ्ता भएका ब्यक्तिहरुलाई फलफुल सगँै पौष्टिक आहार वितरण गरी सम्मान गरेको अपाङ्गता समावेशी संस्थाको अध्यक्ष डुमरलाल मेहताले बताउनुभयो ।

कार्यक्रमको प्रमुख अतिथी तथा देवानगञ्ज गाउँपालिको अध्यक्ष बेचन प्रसाद मेहताले भन्नुभयो आज अपाङ्ता दिवस मनाउदा धेरै खुशी लाग्यो । अपाङ्ता हुनै नदिनका लागि विभिन्न किसीमको कार्यक्रम सँगै जनचेनतामुलक कार्यक्रम भइरहेको छ । उहाँले भन्नुभयो गर्भवती भए देखि नै बच्चा जन्मेसम्म निगरानी राख्नुपर्छ ।

त्यस्तै देवानगञ्ज गाउँपालिको उपाध्यक्ष कुमारी बिभा यादवले अपाङ्ता हो भनेर निराश नहुनु गाउँपालिका तपाईहरुको साथमा रहेको बताउनुभयो । आजको यो र्‍याली अहिले सम्ममा यस्तो र्‍याली कसैले निकालेको छैन जुन कि सपाङ्गले सकेको छैन निकाल्न । उहाँले भन्नुभयो यो ३१ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा गरेको कार्यक्रममा धेरै राम्रो लाग्यो र यस क्षेत्रको अझ राम्ररो बनाउन गाउँपालिकाबाट बजेट बिनियोजनका पहन गर्ने बताउनुभयो ।

कार्यक्रममा गाउँपालिकाको स्वास्थ्य प्रमुख उमेश मेहता, महिला तथा बालबालिका शाखाका प्रमुख सृजना पोख्रेल, करुण फाउण्डेसन नेपालको कार्यक्रम अधिकृत राजिब चौधरी, अपाङ्गता समावेशी संस्थाको अध्यक्ष डुमरलाल मेहता लगायत शुभकामना मन्तब्य राख्नुभएको तियो ।

कार्यक्रममा सयौँ अपाङ्गताहरुको सहभागिता रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!