विराटनगर । समावेशी विकासका लागि रूपान्तरित समाधानः पहुँचयुक्त र समतामुलक विश्वका लागि उर्जावान सिर्जनशिलताको प्रावधान भन्ने नारासहित शनिवार मनाइएको ३१ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाएको छ । अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा मोरङको रंगेली नगरपालिका २ का अपाङ्गता व्यक्ति र विद्यार्थीलाईहरूलाई न्यानो कपडा वितरण गरिएको छ।
शनिबार विहानी अपाङ्गता मिलिजुली समूहको आयोजना र रंगेली नगरपालिका र वडा नं २ को सहयोगमा अपाङ्गतालाई जाडोमा ओढ्ने च्यादर, जुत्ता र स्विटर प्रदान गरिएको वडा नं २ का वडाध्यक्ष सन्तलाल खवासले जानकारी दिए।




