२०८२ कार्तिक १६       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

जलेश्वर,२ पुस : नक्कली नेपाली नोटसहित एक जना भारतीय नागरिकलाई महोत्तरी प्रहरीले पक्राउ गरेको छ । भारत विहार राज्य सितामढी जिल्ला भदियन ग्राम पञ्चायत घर भएका २१ वर्षीय रमनकुमार चौधरीलाई नक्कली नेपाली नोट सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरी जनाएको छ ।

पक्राउ परेका भारतीय नागरिक चौधरीको साथबाट एक हजार दरको ११ थान नोट बरामद भएको प्रहरीले जनाएको छ । जलेश्वर नगरपालिका –३ स्थित मलिवाडा चौकमा सव्दुल अन्सारीको कठ घेरा घुम्ती पसलमा नेपादी नोट साटने क्रममा चौधरीलाई स्थानीयले नियन्त्रणमा लिएका थिए । नियन्त्रणमा लिइएको चौधरीलाई स्थानीयहरूले नै प्रहरीमा वुझाएको जनाइएको छ ।

प्रहरीले चौधरीको खान तलासी गर्दा उनको साथबाट हजार हजारको ११ हजार बराबरको नक्कली नेपाली नोट बरामद भएको थियो । पक्राउ परेका भारतीय नागरिक चौधरीलाई अहिले जिल्ला प्रहरी कार्यालय महोत्तरीको हिरासतमा राखी घटना सम्बन्धी थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!