२०८२ कार्तिक १६       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

भारतबाट तस्करी गरि नेपालतर्फ ल्याउँदै गरेको मोतियाविन्दुको शल्यक्रिया गरेका बिरामीको आँखामा प्रयोग गरिने लेन्स प्रहरीले नियन्त्रणमा लिएको छ ।

भन्सार छली लयाउदै गरेको लेन्स प्रहरीले आज राती विराटनगर–१६ जुट मिल्स नजिकबाट नियन्त्रणमा लिएको हो ।भन्सार छलि गरेर ल्याउँदै गरेको अवस्थामा १२ लाख ३ हजार ४ सय रुपैयाँ बराबरको सामान नियन्त्रणमा लिइएको डीएसपी दिपक श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार भारतबाट तस्करी गरि ल्याइएको लेन्स आँखा अस्पतालले प्रयोग गर्ने गरेको आशंका छ । एउटा लेन्सको मूल्य ५ हजारदेखि ४० हजार रूपैयाँसम्म पर्छ ।
प्रहरीले लेन्स सहित भारतबाट तस्करी गरेर ल्याएको आँखाको लेन्स, आँखामा लगाउने औषधी, कपडा (सुट), चिया छान्ने, कागती निचोर्ने मेशिन र साडी पनि बरामद गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!