२०८२ कार्तिक १५       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

झापा,०६ पुस : झापाको कचनकवल गाउपालिका-१ स्थितमा जंगली हात्तीको आक्रमणबाट एक जना पुरुषको मृत्यु भएको छ । हिजो अपरान्ह बाह्रदशी गाउपालिका-१ का ३७ बर्षीय जगत भुजेल घाँस काट्न भनि चार कोशे सामुदायिक वन गएकोमा घाँस काटेर घर फर्केने क्रममा जंगली हात्तीको आक्रमणबाट उनको घटना स्थलमै मृत्यु भएको हो । मृतक लासलाई पोष्टमाटमको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाईएको र अन्य कानुनि प्रकृया भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!