२०८२ कार्तिक १८       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

सुनसरी — सप्तकोशी नदीमार्ग हुँदै गाँजा तस्करी गर्ने प्रयासलाई सतर्कतापूर्वक विफल पार्दै प्रहरीले २ सय किलो गाँजा बरामद गरेको छ ।

इलाका प्रहरी कार्यालय महेन्द्रनगर र चतरा प्रहरी चौकीको संयुक्त टोलीले लागुऔषध ओसारपसार भइरहेको सूचना पाएपछि शुक्रबार बिहान साढे २ बजे बराहक्षेत्र नगरपालिका–१ अन्तर्गत सप्तकोशी नदी क्षेत्रमा निगरानी बढाएको थियो ।
नदीमा बहिरहेका दुईवटा ट्यूब फेला परेपछि प्रहरीले ती ट्यूबलाई पछ्याउँदै कोशी पुलदेखि करिब १ किलोमिटर दक्षिणतर्फको नदी किनारमा ल्याएर खोजतलास ग¥यो। जाँच गर्दा ती ट्यूबमा बाँधिएका ८ वटा प्लास्टिक बोरामा प्याक गरिएको २ सय केजी गाँजा फेला परेको हो ।

बरामद गरिएको गाँजा र ट्यूब हाल इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा राखिएको छ। घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!