२०८२ आश्विन १४       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

बिराटनगर  २७ जेठ :लागूऔषध कारोबारी नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको छ !

प्रहरीले काठमाडौँको टोखा नगरपालिका–३ मा दुई जना लागूऔषधका अभियुक्तलाई गोली प्रहार गरेर नियन्त्रणमा लिएको छ।
लागूऔषध नियन्त्रण ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक जनकबहादुर शाहीका अनुसार आज दिउँसो करिब ३ बजे प्रहरीले गोलि चलाउदा ४० वर्षीय ससिक आलम र २२ वर्षीय मोहम्मद मन्जुर आलम घाइते भएका छन्।
प्रवक्ता शाहीका अनुसार सो क्षेत्रमा लागूऔषध कारोबार भइरहेको छ भन्ने सूचनाको आधारमा सादा पोशाकका प्रहरी टोली सोधपुछका लागि पुगेको थियो। सो क्रममा अभियुक्तले प्रहरीमाथि रड प्रहार गर्ने प्रयास गरेका थिए। आक्रमण भएपछि प्रहरीले गोली चलाएर अभियुक्तलाई नियन्त्रणमा लिएको हो।
उनले भने, टोखा नगरपालिका वडा नम्बर ३ मा लागू औषधको कारोबार भइरहेको छ भन्ने सूचनाको आधारमा प्रहरी टोली सादा पोशाकमा हाम्रो ब्यूरोको टोली गयो। नियन्त्रणका लागि सोधपुछ गर्दा, तिमहरु लागू औषध कारोबारी हो भनेर प्रहरीले आफ्नो कारवाही सुरु गर्‍यो। त्यसपछि उनीहरुले फलामको रड लिएर दुई जना प्रहरीलाई आक्रमण गरेको प्रहरीको भनाई छ !
दुई जना अभियुक्त भारतीय नागरिक रहेको र उनीहरुको अहिले नेपाल प्रहरी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!