२०८२ आश्विन १४       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

सुनसरी : कोशी प्रदेश फुटबल संघका अध्यक्ष तथा अखिल नेपाल फुटबल संघ (एन्फा) का मानार्थ केन्द्रीय उपाध्यक्ष किशोर राईले ‘फिफा कनेक्ट’ प्रणाली कार्यान्वयन नगर्ने फुटबल क्लबहरूलाई कुनै पनि प्रतियोगितामा सहभागी हुन नदिने चेतावनी दिएका छ्न ।
एन्फाको नीति अनुसार नेपाली फुटबललाई व्यवसायिक बनाउने उद्देश्यसहित ‘फिफा कनेक्ट’ प्रणाली देशभर कार्यान्वयनमा ल्याइएको हो। कोशी प्रदेशमा पहिलो पटक सुनसरी जिल्ला फुटबल संघद्वारा आयोजित ‘फिफा कनेक्ट एण्ड स्पोर्ट्स इञ्जुरी काउन्सेलिङ’ अनुशिक्षण कार्यक्रममा बोल्दै राईले “वर्षभरिमा एउटा प्रतियोगितामा पनि सहभागी हुन नसक्ने क्लबले दीर्घकालीन योगदान गर्न सक्दैन।”
उनका अनुसार क्लबहरूले हालसम्म खेलाडीको विवरण जिल्ला संघमा दर्ता गराएका छैनन्। यस्तो अवस्थालाई अन्त्य गर्दै ‘एक खेलाडी, एक क्लब’ को अवधारणा कार्यान्वयन गर्न एन्फाले सबै जिल्लामा ‘फिफा कनेक्ट’ प्रणाली लागू गर्ने निर्णय गरेको हो।
“फुटबललाई व्यवसायिक बनाउँदै खेलाडीको वृत्तिविकास गर्न र उनीहरूको पहुँच अन्तर्राष्ट्रिय बजारसम्म पु-याउन यो प्रणाली ल्याइएको उनले बताए । यस प्रणालीले खेलाडी व्यवस्थापनमा पारदर्शिता ल्याउने, जिल्ला संघलाई संस्थागत बनाउने र क्लबलाई उपलब्धिमूलक बनाउने धारणा राखे।
सुनसरी जिल्ला फुटबल संघका अध्यक्ष नविन राईले ‘फिफा कनेक्ट’ मार्फत नेपाली क्लब तथा खेलाडीको प्रत्यक्ष सम्पर्क विश्व फुटबल महासंघ (फिफा) सम्म पुग्ने भएकाले प्रतिभाशाली खेलाडीहरूका लागि यो प्रणाली अवसरदायक हुने बताए।
“अब क्लबहरू फुटबलप्रति गम्भीर हुनुका साथै खेलाडीहरूको हकहितप्रति पनि उत्तरदायी बन्नुपर्ने आवश्यकता छ,उनले भने  ।
अनुशिक्षण कार्यक्रममा वरिष्ठ पत्रकार हर्ष सुब्बाले स्कुल जीवनदेखि फुटबलप्रति रुचि राख्ने बालबालिकाको भविष्य उज्यालो बनाउन ‘फिफा कनेक्ट’ महत्वपूर्ण पहल भएको बताए । उनले यसलाई एन्फा एकेडेमी र क्लबहरूका लागि गौरवको विषय भने।
कार्यक्रममा फिफा प्रशिक्षक राजकुमार श्रेष्ठले ‘फिफा कनेक्ट’ सम्बन्धी प्राविधिक पक्षबारे प्रशिक्षण दिइरहनु भएको छ भने स्पोर्ट्स इञ्जुरी काउन्सेलिङ सत्रमा वीपी प्रतिष्ठान हाडजोर्नी विभागका प्रोफेसर डा. विष्णु पोखरेलले फुटबल खेलमा हुने चोटपटक, आपतकालीन उपचार तथा सुरक्षाका उपायबारे प्रशिक्षण दिनेछ्न।
अनुशिक्षण कार्यक्रममा सुनसरीका १० ए डिभिजन, ७ बी डिभिजन क्लबका पदाधिकारी, प्रशिक्षक तथा एन्फा एकेडेमीका प्रशिक्षार्थी सहभागी छन्। उद्घाटन सत्रको सञ्चालन जिल्ला फुटबल संघका महासचिव कोविदजंग कार्कीले गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!