२०८२ कार्तिक ९       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

धरान, विवाहित महिलालाई लक्षित गर्दै वुमन्स वर्थ ग्रुपको आयोजनामा जेष्ठ १५ गते सम्पन्न ‘मिसेस स्टेट २०२५ सिजन थ्री’ कोशी प्रदेशका विजेताहरूलाई पुरस्कार प्रदान गरिएको छ।

धरान १३ स्थित हुक्पा चोङबाङ रिसोर्टको हलमा शनिबार आयोजित एक कार्यक्रमकाबिच मिसेस स्टेट २०२५ का उपाधि विजेता अन्जु गुरुङ, फस्ट रनरअप ममता शाह र सेकेन्ड रनरअप सुनिता आचार्यलाई नगद पुरस्कार प्रदान गरिएको हो ।

विजेता अन्जु गुरुङलाई नगद रु ५१ हजार रुपैयाँ, फस्ट रनरअप ममता शाहलाई २५ हजार रुपैयाँ, र सेकेन्ड रनरअप सुनिता आचार्यलाई १५ हजार रुपैयाँ प्रदान गरिएको हो। साथै, टप फाइभ फाइनलिस्टहरूलाई गिफ्ट ह्याम्पर प्रदान गरिएको थियो।
पुरस्कार वितरण समारोहमा प्रमुख अतिथि उपमेयर वेघा, कार्यक्रमका सभाध्यक्ष हरि मादेन, धरान(१६ का वडाध्यक्ष मुरारी भट्टराई, एसएसपी भिम दाहाल, नेपाल पत्रकार महासंघ सुनसरीका निवर्तमान अध्यक्ष जनकऋषि राई लगायतले विजेताहरूलाई पुरस्कार प्रदान गरेका थिए।

विवाहित महिलाको क्षमता विकास र अभिव्यक्तिका लागि महिला समूहद्वारा स्थापना गरिएको वुमन्स वर्थ ग्रुपले २०१८ सालदेखि मिसेस स्टेट प्रतियोगिता आयोजना गर्दै आएको छ।
पहिलो र दोस्रो संस्करण सफलतापूर्वक सम्पन्न भएपछि तेस्रो संस्करण २०२० मा आयोजना गर्ने तयारी भइरहँदा कोरोना महामारीका कारण स्थगित भएको थियो। महामारीले रोकिएको सो संस्करण २०२५ मा सम्पन्न गरी ग्रुपले पुनः आफ्नो कार्ययोजना प्रारम्भ गरेको वुमन्स वर्थ ग्रुपकी सचिव ज्योति राईले जानकारी दिए।

कार्यक्रमका सभाध्यक्ष एवं ग्रुपका उपाध्यक्ष हरि मादेनले चौथो संस्करण २०२६ मा समयमै, झन् भव्य र व्यवस्थित रूपमा आयोजना गरिने घोषणा गरेका छन ।
समारोहमा कोरियोग्राफर तथा डिजे ललित राई, ग्रुपका सहसचिव छाया श्रेष्ठ, कोषाध्यक्ष रोजी ताम्रकार, सदस्य सरला श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!