२०८२ पुष १३       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर ५ पुस : नेपाली कांग्रेसकाे आसन्न विराटनगर नगर सभापतिमा सन्तोष न्यौपानेको उम्मेदवारी घाेषणाले कांग्रेसको नगर राजनीति तातेको छ। लामो समयदेखि संगठन निर्माणमा खटिँदै आएका, इमानदार र निष्ठावान नेताका रूपमा परिचित न्यौपानेको उम्मेदवारीलाई लिएर कांग्रेस कार्यकर्ता तथा शुभेच्छुकहरू उत्साहित बनेका छन्।
संगठनप्रतिको समर्पण, निरन्तर संघर्ष र स्पष्ट दृष्टिकोणका कारण सन्तोष न्यौपाने आज विराटनगर कांग्रेसका सबैभन्दा बलिया र भरोसायोग्य उम्मेदवारका रूपमा स्थापित हुँदै गएका छन्। आधार तहका कार्यकर्तादेखि नेतृत्व तहसम्म राम्रो पहुँच राख्ने उनी संगठनलाई एकताबद्ध गर्दै अघि बढाउन सक्षम नेता भएको चर्चा व्यापक छ।

न्यौपानेको राजनीतिक यात्रा २०४६ सालको जनआन्दोलनसँगै नेपाल विद्यार्थी संघबाट सुरु भएको हो। २०४८ सालमा नेविसंघको क्रियाशील सदस्य बनेका उनले २०५४ सालमा नेविसंघ विराटनगर नगर सभापतिको जिम्मेवारी सम्हाल्दै दुई कार्यकाल सफल नेतृत्व प्रदान गरे। २०५९ सालमा नेविसंघ मोरङ जिल्ला सचिवको भूमिकामा रहेर उनले संगठन विस्तारमा उल्लेखनीय योगदान दिएका थिए।
२०६४ सालमा नेपाल तरुण दल विराटनगर नगर सभापति बनेका न्यौपानेले युवाहरूलाई पार्टी राजनीतिमा सक्रिय र संगठित बनाउने अभियानको नेतृत्व गरे। यसअघि नेपाली कांग्रेस विराटनगर नगर सभापतिमा उम्मेदवारी दिँदा झिनो मतले पराजित भए पनि उनले संगठन छाडेनन्, बरु थप सशक्त रूपमा क्रियाशील रहे।
हाल विराटनगर महानगरपालिका वडा नम्बर ५ का निर्वाचित वडा अध्यक्ष रहेका न्यौपानेले स्थानीय विकास, सुशासन र जनउत्तरदायी नेतृत्वमार्फत आफूलाई सफल जनप्रतिनिधिका रूपमा स्थापित गरेका छन्।


लामो संगठनात्मक अनुभव, जनतासँगको नजिकको सम्बन्ध र पार्टीप्रतिको अटुट निष्ठाका कारण सन्तोष न्यौपानेको उम्मेदवारीले नेपाली कांग्रेस विराटनगर नगर संगठनलाई नयाँ उचाइमा पुर्‍याउने अपेक्षा गरिएको छ। आगामी नगर अधिवेशनमा उनको विजयले कांग्रेसलाई अझ मजबुत र एकताबद्ध बनाउने विश्वास कार्यकर्ताहरूले व्यक्त गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!