२०८३ जेष्ठ १९       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर, २६ माघ । हाँस्दा हाम्रो स्वास्थ्यमा फाइदा पुग्छ । यो कुराका बारेमा सबैलाई थाहा छ तर रुँदा हाम्रो स्वास्थ्यलाई फाइदा पुग्छ भन्ने कुराको जानकारी कमै मानिसलाई थाहा होला । मानिस विभिन्न कारणले गर्दा रुने गर्छन् ।

उनीहरु दुखी हुँदा नि रुन्छन् र खुशी हुँदा पनि रनर गर्छन् । मानिसहरुलाई रोएको मन पर्दैन । तर यदि तपाईलाई रुँदा हामीलाई पुग्ने फाइदा बारेमा थाहा भयो भने तपाई जानी जानी रुन थाल्नु हुन्छ ।

रुँदा आँखाको दृष्टि क्षमतामा सकारात्मक प्रभाव पर्छ । रुँदा आँखामा आँसु आएर नानी चिसोहुने गर्छ । यसले गर्दा हाम्रो आँखा सुक्खा हुन पाउदैन । त्यसैले रुँदा आँखाको दृष्टि क्षमतामा सकारात्मक प्रभाव पर्छ । मानिसलाई दुख पर्दा शरीरमा विषाक्त पदार्थ उत्पन्न हुन्छ । त्यसैले दुखको समयमा रुँदा यस्ता विषाक्त पदार्थ आँशुको माध्यमबात बाहिर निस्कने गर्छन् ।

रुनाले शरीरमा म्याग्नीजको स्तर कम हुन्छ, जसबाट मष्तिस्क राम्रो हुन्छ र मानिसले हल्का महसुस गर्छन् । यसले गर्दा हाम्रो रिस कम हुन्छ । यसले थकाइ कम गर्न नि मद्धत गर्छ । बढी तनाव महसुस गरिरहेका बेला रुने हो भने तनाव कम भएको महसुस गर्न सकिन्छ । रुँदा शरीरमा एन्डोर्फिन, ल्युकाइन–एन्काफालिन तथा प्रोल्याक्टिन नामक तत्वको स्तर कम हुन्छ, जसबाट तनाव पनि कम हुन्छ ।

रुँदा शरीरमा हुने नौ फाइदा

१. शरीरलाई विकारमुक्त बनाउँछ
रुँदा शरीरलाई हानि गर्ने कोर्टिसोल नामक तनाव हार्मोनबाट छुटकारा पाइन्छ । हुन त यो कोर्टिसोल हार्मोनले राम्रो काम पनि गर्छ, तर जो व्यक्ति पहिलादेखि नै तनावमा छ उसको तनाव अझै बढाउन यो हार्मोनले मद्दत गर्छ । यसकारण रुँदा यो हार्मोनको स्तर कम हुन्छ । जसले तनावलाई बढ्न पनि दिँदैन ।

२. भावनात्मक पीडा कम हुन्छ
कहिलेकाहीँ शारीरिक पीडाभन्दा भावनात्मक पीडा निकै खतरनाक हुन सक्छ । शारीरिक पीडालाई त औषधि सेवनले पनि कम गर्न सक्छ, तर भावनात्मक पीडा कम गर्ने कुनै पनि औषधि छैन । हुन त अचेल मनोचिकित्सकहरूले यस्ता पीडा कम गर्ने औषधि दिन्छन्, तर त्यसले निकै नै नकारात्मक असर गरिरहेको हुन्छ । यसकारण भावनात्मक पीडा कम गर्ने एउटा महत्वपूर्ण उपाय भनेको रुनु हो । वैज्ञानिकहरूले गरेको अध्ययनबाट के पुष्टि भएको छ भने रुँदा मस्तिष्कमा न्युरोट्रान्समिटर निस्कन्छ जसले भावनात्मक पीडालाई कम गर्छ ।

३. एन्टी ब्याक्टेरियल प्रभाव

कहिलेकाहीँ रुनुले मनोविज्ञानमा मात्र नभई शरीरको प्रतिरोध क्षमतासँग पनि सम्बन्धित हुने गर्छ । सामान्यतया सुन्दा अपत्यारिलो लागे पनि रुनुले संक्रमणजन्य ब्याक्टेरियाहरू नष्ट गर्ने अध्ययनले देखाउँछ । रुँदा आँसुमा हुने लाइसोजाइम नामक इन्जाइम एन्टिब्याक्टेरियल हुन्छ । अर्थात् लाइसोजाइमले १५ मिनेटको अन्तरालमा ब्याक्टेरिया नष्ट गर्न सक्छ । अध्ययनका अनुसार आँसुमा हुने एन्जाइमले एन्थ्रेक्सको ब्याक्टेरिया नष्ट गर्न सक्छ ।

४. दृष्टिमा सुधार
रुँदा आँखाबाट निस्कने आँसुले दृष्टिमा सुधार ल्याइरहेको हुन्छ । आँसुले गर्दा आइलिड र आइवल्सको ल्युब्रिकेट गर्ने क्षमता वृद्धि हुन्छ । साथै आँखालाई रसिलो बनाइराख्ने हुँदा सुक्खा हुनबाट बचाउँछ । सामान्यतया आँखामा लाग्ने सानो चोटपटक जस्तै धुलोको कण, धुवाँँको प्रभाव आदिलाई आँसुले सफा गर्छ । जसले गर्दा आँखामा समस्या हुन पाउँदैन । आँसुले आँखामा रहेको म्युकस नामक झिल्लीलाई ओसिलो राख्छ । जसले दृष्टि सफा बनाउँछ ।

५. बच्चाको स्वास्थ्यमा फाइदा

साना बालबालिकाको अधिकांश समय रोएर बित्ने गर्छ । सामान्यतया बोल्न नसक्ने उमेरका शिशुहरू रोएर प्रतिक्रिया जनाउने गर्छन् । बालबालिका अत्यधिक रुँदा अभिभावकले स्वास्थ्य समस्या हुन सक्ने अनुमान गर्छन् । तर, रुँदा बच्चाको स्वास्थ्यमा फाइदा पुगिरहेको पनि हुन्छ । रुँदा श्वासप्रश्वासमा सहयोग पुग्ने हँुदा जन्मिनेबित्तिकैका शिशु नरुनुलाई समस्याको रूपमा हेरिन्छ । नाभीको नाल काट्नेबित्तिकै बच्चाको सास फुकाउन आवश्यक हुन्छ, जसका लागि बच्चाले रुनु महत्वपूर्ण हुन्छ ।

६. बच्चालाई सुत्न सजिलो हुन्छ
शिशुलाई सुताउनु अभिभावकका लागि चुनौतीको विषय बन्ने गर्छ । बच्चा रोएपछि फकाउन सजिलो भए पनि रोइसकेपछि बच्चालाई सुत्न सजिलो हुन्छ । बच्चा रोएर सुतेपछि लामो समयसम्म सुत्ने र बीचमा ब्युँझिने सम्भावना कम हुन्छ । जसले गर्दा अभिभावकलाई बच्चाको हेरचाहमा सजिलो हुन्छ ।

७. मुड परिवर्तन
मनस्थितिमा परिवर्तन ल्याउनका लागि अनेक प्रयास गरिरहेका हुन्छन्, लोमुडको महसुस भएका व्यक्ति रुँदा आँसुमा हुने एन्टिप्रेसरले मुडमा सकारात्मक परिवर्तन ल्याउने अध्ययनले पुष्टि गरेको छ । जसले हलुका महसुस गराउँछ । रुँदा शरीरमा अक्सिजनको प्रवाह सामान्यभन्दा बढी हुने हँुदा मस्तिष्कको तापक्रम कम हुन्छ । जसले भावनात्मक रूपमा सहज महसुस हुन्छ ।

८. प्रतिरोधी क्षमता बलियो बनाउन

अध्ययनले रुँदा शरीरको प्रतिरोधी क्षमतामा सकारात्मक प्रभाव पर्ने पनि पुष्टि गरेको छ । एलर्जीसम्बन्धी समस्या भएका व्यक्तिका लागि आँसु अझै राम्रो मानिन्छ । सामान्यतया शरीरमा एम्युनोग्लोबिनको असामान्य स्रावका कारण छालामा एलर्जीको समस्या हुने गर्छ । रुँदा इम्युनोग्लोबिन नियमित हुने हँुदा एलर्जीविरुद्ध सहयोगी हुन्छ ।

९. इलेक्ट्रोलाइट्स
आँसु आँखामा हुने लेक्रिमल नामक ग्रन्थीबाट उत्पादन हुन्छन् । रुँदा आँसुमा हुने इलेक्ट्रोलाइट्स र प्रोटिनहरू शरीरका लागि आवश्यक हुन्छन् । आँसुुमा हुने इलेक्ट्रोलाइट्समा पोटासियम, सोडियम, म्याग्नेसियम, जिंक र क्याल्सियम सामेल हुन्छन् । आँसुुले उपयोगी प्रोटिन जस्तै ल्याक्रिटिन, ल्याक्टोफेरिन, लाइसोजाइम र लाइपोकोललिन पनि समावेश गर्छ । अर्थात् आँसुमा हुने इलेक्ट्रोलाइट्स र एमिनो एसिडले स्वास्थ्यमा सकारात्मक प्रभाव पारिरहेको हुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!