२०८३ बैशाख ९       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर, १८ फागुन । मोरङको लेटाङ नगरपालिका-९ स्थित मदन चौकका कृषक इमानाथ पोखरेलले व्यवसायिक माैरीपालनबाट मनग्य आम्दानी गरेका छन् । स्थानीय स्तरमा माैरीपालनबाट उनले वार्षिक ३० लाख कमाउँछन् । २०५८ सालबाट माैरीपालन सुरु गरेका उनले अहिले २६५ घारमा माैरीपालन गरिरहेका छन् । र, चार युवाहरूलाइ पनि रोजगार दिइरहेका छन् ।

उनले महबाहेक विभिन्न उत्पादन पनि बेच्छन् । आफूले माैरीपालनबाट मह मात्र नभई मौरीका घारहर समेत बिक्री गर्ने गरेको उनले बताए । उनले ३२ हजार लगानीबाट ८ घार माैरी पाल्न सुरु गरेका थिए ।

May be an image of 1 person and outdoors

सरकारी जागिरसमेत छोडर माैरीपालनमा लागेका स्मरण गर्दै उनी भन्छन्, ‘जागिरभन्दा माैरीपालनबाट मनग्य आम्दानी देखिपछि जागिरे जीवनलाई त्यागेर माहुरी पालनमा प्रवेश गरेको थिएँ । अहिले यही पेसाबाट नाम र दाम दुवै कमाउन सफल भएको छु ।’

उनी जिल्ला विकास समितिअन्तर्गत तत्कालीन गाउँ विकास कार्यक्रममा सोसियल मोभिलाइजरका रूपमा कार्यरत थिए । उनी माैरीपाल्न सुरु गर्नुभन्दा एक वर्षअघि मात्र जिविसको जागिरे भएका थिए । व्यवसायिक माैरीपालन गर्ने सोचलाई साकार बनाउने उद्देश्यले उनले २०६२ साल फागुनमा जागिरबाट राजीनामा दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!