विराटनगर, २६ फागुन । आजबाट ब्रोइलर, लेयर्स र गिरिराज कुखुराको दानामा मूल्यवृद्धि भएको छ । नेपाल दाना उद्योग संघले फागुन २६ गतेदेखि अर्थात् आजबाट दानाको मूल्य बढेको जनाएकाे छ ।
नेपाल दाना उद्योग संघका अनुसार कच्चा पदार्थमा मूल्यवृद्धि भएकाले दानाको मूल्यवृद्धि गर्नु परेको हो । संघका अनुसार आजदेखि ब्रोइलर, लेयर्स र गिरिराज कुखुराको दानामा प्रतिकेजी रु. २ रुपैयाँ ५० पैसा मूल्यवृद्धि भएको छ ।






