२०८३ भाद्र १६       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

जाजरकोट, २७ फागुन । जाजरकोट–डोल्पा सडक निर्माण कार्यसँगै तल्लो डोल्पाको मुड्केचुला गाउँपालिकाले कृषकलाई स्याउका बिरुवा वितरण कार्य तीव्र बनाएको छ । गाउँपालिका र प्रदेश सरकारको संयुक्त पहलमा ४० हजारभन्दा बढी स्याउका बिरुवा वितरण गरिएको गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीले जानकारी दिए ।

तीन वर्षअघि लगाएको बिरुवाले अब एक वर्षभित्र फल दिने अध्यक्ष शाहीले जानकारी दिए । यो आर्थिक वर्षमा स्थानीयवासीले आफ्नै नर्सरीमा उत्पादन गरेका पाँच हजार स्याउका बिरुवा कृषकलाई वितरण गरिएको छ । गाउँपालिकालाई स्याउको ‘हव’ बनाउने उद्देश्य रहेको अध्यक्ष शाहीको भनाइ छ ।

प्रतिबिरुवा रु ७० मा खरिद गरेर कृषकलाई वितरण गरिएको हो । गाउँपालिकाको वडा १, २, ३, ४, ५, ६, ७ र ९ मा बिरुवा वितरण भएको हो । मागका आधारमा स्याउका बिरुवा वितरण गरिएको छ ।

उँपालिकामा दुई ठाउँबाट सडक निर्माण कार्य जारी रहेको छ । सडक निर्माण कार्य सम्पन्न भएसँगै स्याउका बिरुवाले फल दिन शुरु गर्ने सम्भावना बढेको स्थानीयवासी समीर शाहीले बताए ।

त्रिवेणी र जुम्लाबाट एकै साथ सडक निर्माण कार्य शुरु भएसँगै स्थानीयवासी आफूले उत्पादन गरेको स्याउले बजार पाउने भन्दै खुशी भएका छन् । त्यस्तै एक हजार ओखरका बिरुवा वितरण कार्य चलिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!