२०८३ भाद्र १६       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडौँ, २८ फागुन ।  नेपालले पहिलो पटक चीनबाट युरिया मल भित्र्याइने भएको छ । नेपाल–चीनको नाका तातोपानी हुँदै चीनमा उत्पादित युरिया मल तातोपानी सुक्खा बन्दरगाह लार्चामा आइसकेको छ । अब चीनको सिगात्सेमा सङ्कलन गरी राखिएको मल आइतबारदेखि नेपाल आउन लागेको तातोपानी क्वारेन्टाइन अधिकृत बुद्ध चन्द्रले बताए ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट ढुवानीको अनुमति पाएका साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले सिल्क मार्केटसँग ढुवानीको सम्झौता गरी नेपाल ल्याउन लागेको हो । चीनबाट साल्ट ट्रेडिङ कर्पोरेसनले चार हजार मेट्रिक टन मल ल्याउँदै छ । साल्ट टे«डिङ कर्पोरेसन लिमिटेडका सहायक महाप्रबन्धक पङ्कज जोशीले शुक्रबारसम्म दुई हजार मेट्रिक टन मल नेपाल आइपुग्ने बताए ।

चीनबाट पहिला पनि मल आउँथ्यो तर त्यो भारतको बाटो भएर आउने गथ्र्यो त्यसले निकै समय लिन्थ्यो अब सीधै नेपालको नाकाबाट आउने भएकाले समयको बचत हुने साल्ट ट्रेडिङका बृजेश झाले बताए । त्यहाँबाट आउने युरिया मलमध्ये १२ सय मेट्रिक टन काभ्रेको बनेपा, आठ सय मेट्रिक टन नुवाकोट र अरू बाँकी काठमाडौँ गोदाममा राखिने उनले जानकारी दिए ।

चीनबाट प्रतिमेट्रिक टन ३८९.९० अमेरिकी डलमा सो चार हजार मेट्रिक टन मल खरिद गरिएको हो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!