२०८३ बैशाख ५       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

एजेन्सी, ३ चैत । विश्व स्वास्थ्य संगठनले अक्सफोर्डको अस्ट्राजेनेका खोप र ‘ब्लड क्लट’ को समस्यामा कुनै सम्बन्ध नभएको भन्दै खोप अभियानलाइ स्थगित नगर्न आग्रह गरेको छ । अक्सफोर्डको अस्ट्राजेनेका खोप लगाएका केही व्यक्तिमा ‘ब्लड क्लट’को समस्या देखिएको भन्दै खोपको प्रयोगमा विभिन्न देशले अस्थायी रुपले खोपको प्रयोगमा रोक लगाउने घोषणा गरिसकेको अवस्थामा विश्व स्वास्थ्य संगठनले यस्तो आग्रह गरेको हो ।

यस विषयमा विश्व स्वास्थ्य संगठनको खोप सुरक्षाका विज्ञहरुबिच भएको छलफलले यस्तो निश्कर्ष निकालेको हो । विश्व स्वास्थ्य संगठनले भ्याक्सिन र ‘ब्लड क्लट’ को समस्यामा कुनै सम्बन्ध नरहेको दाबी गरेको छ । डेनमार्क, नर्वे, बुलगेरिया, आइसल्यान्ड र थाइल्यान्डले समेत अस्ट्राजेनेकाको प्रयोगमा रोक लगाइसकेको छ । विज्ञ सहितको टोलीले खोप अभियानलाइ जारी राख्न आग्रह गरेका छन् ।

अस्ट्राजेनेकाले पनि खोपका कारण ‘ब्लाड क्लट’ को बढ्दो समस्याबारे केही आधार नभेटिएको दाबी गरेको छ। हालसम्म युरोपमा १ करोड ७० लाख मानिसले आफ्नो भ्याक्सिन लगाइसकेको भन्दै ‘ब्ल्ड कल्ट’ को समस्या एकदम न्यून रहेको पनि अस्ट्राजेनेकाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!