२०८३ बैशाख ९       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

कञ्चनपुर, ५ चैत । कञ्चनपुरमा पहिलो पटक ड्रागन खेती गरिएको छ । जिल्लाको उत्तरी भेग भीमदत्त नगरपालिका ९ मटैनामा ड्रागन फलफूल खेती शुरु गरिएको हो ।

पूर्व वन अधिकृत रमेश बहादुर चन्द र सञ्चार उद्यमी ज्ञानेन्द्र महताले सामूहिक रुपमा ड्रागन फलफूल खेती शुरु गरेका हुन । प्रति विगाह ३५ हजारका दरले १० वर्षमा लागि ६ विगाह जमिन भाडामा लिएर ३० हजार बिरुवा रोपेका छन् ।

वेष्टर्नमल्टि एग्रिकल्चर एन्ड रिसर्च सेन्टर प्रालिका प्रबन्ध निर्देशक ज्ञानेन्द्र महताले उत्तरी भेगमा सम्भावना भएकाले ‘सिउँडी प्रजातिको बिरुवा’ ड्रागन खेती शुरु गरिएको बताए । सञ्चार उद्यमी समेत रहेका महताले कृषिमा प्रशस्त सम्भावना भएकाले यसतर्फ पनि अघि बढेको जानकारी दिए । ड्रागन खेतीका लागि हाल चार जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।

फलफूल बिक्री गर्दासम्म ५० र बजारमा गइसकेपछि अप्रत्यक्ष रुपमा ३ सयले रोजगारी पाउने बताए । हालसम्म ३ सय जनाले खेतीको अवलोकन गरेकाले फल लागेपछि थप पर्यटक समेत आउने अपेक्षा राखे । वेष्टर्नमल्टि एग्रिकल्चर एन्ड रिसर्च सेन्टर प्रालिका अध्यक्ष एवं पूर्व वन अधिकृत रमेश चन्दले हालसम्म २ करोड लगानी लागेको जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!