सुन्दरहैँचा, ८ चैत । मोरङको सुन्दरहरैंचा नगरपालिकाले कृषि क्षेत्रमा सिचाइँ समस्या रहे पनि गत वर्षझैँ यस वर्ष पनि ५७ किसानलाई विद्युतीय मोटर वितरण गरेको छ ।नगरपालिका प्रमुख शिवप्रसाद ढकालले नगरपालिकामा एक कार्यक्रम बीच किसानहरुलाई विद्युती मोटर वितरण गरेका हुन् । नगरपालिकाले किसानकाहरुलाई अनुदानमा विद्युतीय मोटर २ /३ को, सेक्सन पाइप, टुवेल, चेक बल्ट वितरण गरेको थियो ।
मोटर वितरण गर्दै नगरप्रमुख ढकालले आर्थिक वर्ष २०७७/०७८ को निती तथा कार्यक्रममा किसानहरुलाई लक्षित गरी कृषि क्षेत्रमा प्रथामिकता राखेर बजेट ल्याइएको पनि बताए । नगरपालिकाले कृषि क्षेत्र आफूहरुको मुख्य प्राथमिकतामा रहेको र कृषि समस्या समाधानका लागि नगरपालिकाले सदैव तयार रहेको ढकालको भनाई छ ।
नगरपालिकाले धान, गहुँ, मकै, तोरी, ड्रागन फुड, फलफूल खेती, बोयर जातका बोका, पावर ट्रेलर, मकै छोडाउने मेसिन, स्प्रे-मेसिन लगायतमा अनुदान वितरण गर्दै आएको छ । नगरमा किसान आर्थिक समृद्धिसँगै आत्मनिभर तथा ब्यवसायिक किसान बन्न नगरपालिकाले कृषिसमबन्धी तालिम माटो परीक्षणलगायत कार्यक्रम गरी किसानलाई प्रोत्साहित गरेको छ ।




