२०८३ भाद्र १५       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

अहिलेको समयमा महिलाहरूले आफ्नो अनुहारको ख्याल राख्न घरमै पाइने सामग्रीहरुले फेस प्याक बनाएर लगाउने गरिरहेका छन् । यस्तो अवस्थामा, अधिकांश महिला तथा केटीहरूले भान्सामा बेसनको प्रयोग गरिरहेका छन् । बेसनको पेस्ट वा फेस प्याक सबै प्रकारका छालाहरूमा सूट गर्छ । सुन्दर छालाको लागि – सूर्यको किरण वा प्रदूषणको कारण उत्पन्न हुने छालाका समस्याहरूलाई सामना गर्न बेसनको प्याक लाभदायक हुन्छ । बेसनको फेस प्याकले असमान रंग, अनुहारमा भएको दाग हटाउन र मरेको छालाको कोशीकामा धेरै फाइदाजनक हुन्छ ।

बेसनबाहेक केही यस्ता घरेलु उपायहरु पनि छन् जसका कारण सुन्दर रहन सकिन्छ ।

नीम्बुको रस- यो जति हाम्रो स्वास्थ्यको लागि फाइदाजनक छ त्योभन्दा पनि बढी मुहारमा सौन्दर्यता ल्याउन मदत गर्छ । यसले तपाईको स्किनको पोर्सलाई टाइट गर्ने काम गर्छ । अनुहारबाट तेल हटाउँछ । अनुहार सफा र चमकदार देखाउने काम गर्छ । निम्बु अनुहारमा लगाएको केही छिन पछि अनुहार पखाल्नुपर्छ ।

स्ट्रबरी-यसमा भिटामिन सी, एंटीआक्सीडेन्ट पाइन्छ । तपाईले यसलाई सोझै अनुहारमा विस्तारै लगाउन सक्नुहुन्छ । यसले तपाईको छालामा निखार ल्याउने काम गर्छ ।

केरा- यसको प्रयोगले अनुहारमा रिफ्रेसमेन्ट ल्याउने काम गर्छ । एउटा केरा लिनुहोस् त्यसमा मह मिसाउनु होस् । यसलाई अनुहारमा दश मिनेटसम्म रहन दिनुहोस् । यस पछाडि तपाईको अनुहारमा चमक देखिन्छ ।

सुन्तला- सुन्तलामा भिटामिन सी पाइन्छ । यसले अनुहारको छालामा सुधार ल्याउने काम गर्छ । यसलाई खानाले अनुहारमा फ्रुस्रोपना हुदैन । यदी यसको ब्रोकाको पाउण्डर बनाएर प्रयोग गर्न पनि सक्नुहुन्छ ।

मेवा- यसमा एंटीअक्सीडेन्ट तथा पेपन नामक एंजाइम पाइन्छ । यसले छालामा रहेको नकारात्मक कुराहरु हटाउने काम गर्छ । यसले डेड स्किनलाई समेत सफा गर्ने काम गर्छ । यसलाई खाँदा वा लगाउँदा दुवै शरिरलाई फाइदाजनक रहेको छ ।
आँप- यसमा भिटामिन ए र एंटी अक्सीडेन्ट पाइन्छ । यसले छालालाई कसिलो बनाउने काम गर्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!