२०८३ बैशाख ९       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर, १२ चैत । मोरङ कटहरीको कृषि फार्ममा आगलागी हुँदा ३४ खसी र ४० कुखरा मरेका छन् । कटहरी–७ थलाहास्थित सगरमाथा कृषि फार्ममा बिहीबार भएको आगलागीमा परेर ३४ वटा खसी र ४० वटा कुखुरा जलेर मरेका हुन् ।

देवेन्द्र भट्टराई र प्रतीक केसीले सञ्चालन गरेको फार्ममा बिहान ४ बजेतिर अचानक आगलागी भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले जानकारी दिए । उनका अनुसार आगलागीबाट करिब तीन लाख ५० हजार रुपैयाँको क्षति भएको प्रहरीको अनुमान छ ।

आगोले फार्म पनि पूर्ण रुपमा जलेको छ । विद्युत् सर्ट भएर आगो लागेको हुनसक्ने प्रहरीको अनुमान छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!