२०८३ बैशाख ५       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडौं, १८ चैत । नेपालमा कोरोना भाइरसको दोस्रो चरणको लहर आउने सम्भावना देखिएको छ । पछिल्लो एक सातामा कोरोनाभाइरसका नयाँ थपिने सङ्क्रमित ४० प्रतिशतले वृद्धि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले छिमेकी राष्ट्रमा कोरोना सङ्क्रमण वृद्धि हुँदा त्यसको असर नेपालमा परेको जनाइएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका चिकित्सक डा. बिराज कर्माचार्यका अनुसार पछिल्लो तीन चार दिनदेखिको ट्रेन्डले कोरोनाभाइरसको सङ्क्रमण बढ्दै गएको र यसले दोस्रो लहर आउने हो की सम्भाबना बढेको छ ।

गत सोमबारदेखि बुधबारसम्म दश हजार १८१ जनाको पीसीआर परीक्षण गरिएकोमा ४७० मा सङ्क्रमण पुष्टि भएको छ । बुधबार मात्रै तीन हजार ९१९ जनाको परीक्षण गरिएकोमा १६२ जनामा सङ्क्रमणको पुष्टि भएको छ ।

बिगतमा भारतमा कोरोना सङ्क्रमण वृद्धि भएको एक महिनापछि मात्रै नेपालमा सङ्क्रमण बढेको ‘ट्रेन्ड’ देखिएको छ । भारतमा फागुन अन्त्यमा चौबीस घण्टामा थपिने सङ्क्रमित १२ हजारमा सीमित भएको थियो । तर एक महिना नबित्दै दैनिक रुपमा थपिने सङ्क्रमित करिब ६० हजार पुगेको छ । भारतमा तीन साताको तुलना गर्दा सङ्क्रमण वृद्धि दर पाँच सय प्रतिशतले बढेको देखिन्छ ।

डा. कर्माचार्यले अन्य छिमेकी राष्ट्रको अपेक्षा भारतमा देखिने सङ्क्रमण नेपालसँग सम्बन्धित रहेको बताउँछन् । उनका अुसार भारतमा सङ्क्रमण बढेको एक महिनापछि नेपालमा सङ्क्रमण बढेको ‘ट्रेन्ड’ देखिएको छ । चैत्त महिना यता कोरोना सङ्क्रमितको संख्या बृद्धि भएको छ ।

नेपालमा फागुन अन्त्यमा दैनिक सङ्क्रमित थपिने संख्या ४८ सम्म पुगेको थियो । दैनिक थपिने सङ्क्रमित हाद १५० भन्दा माथि पुगेको छ । फागुन १९ गते ७६६ जनामा कोरोनाभाइरसको सङ्क्रमण सक्रिय रहेकोमा बिस्तारै बढ्ने क्रममा एक महिनापछि उक्त संख्या दोब्बर भएको छ । हाल एक हजार ४९३ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ ।

पछिल्लो एक सातामा मात्रै भारतमा ५९ प्रतिशतले सङ्क्रमण वृद्धि भएको छ । नेपाल र भारतमा मात्रै नभई दक्षिण एशियामै पनि कोरोनाभाइरसको सङ्क्रमण तीब्र रुपले बृद्धि भएको छ । बङ्गलादेशमा एक सातामा सङ्क्रमण ८४ प्रतिशतले वृद्धि भएको छ । पाकिस्तानमा सङ्क्रमित बृद्धि हुने दर २४ प्रतिशत छ ।

भारतमा पछिल्लो दुई सातामा मात्रै १४० प्रतिशतले सङ्क्रमण बृद्धि भएको छ । सोही अबधिमा बङ्गलादेशमा सङ्क्रमित संख्यामा २४३ प्रतिशतले बृद्धि भएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!