उदयपुर, २३ वैशाख । उदयपुरमा दाजुको कुटपिटबाट भाइको मृत्यु भएको छ । उदयपुरको त्रियुगा नगरपालिका-९ का ५० वर्षीय पुलकित चौधरीले कुटपिट गर्दा भाइ ३६ वर्षीय खुशीलाल चौधरीको मृत्यु भएको हो ।
गत २० गते राति ८ बजेको समयमा सामान्य विषयलाई लिएर दाजुभाइबीच बादबिबाद भई कुटपिट भएको थियो । कुटपिटबाट घाइते भएका खुशीलाललाई उपचारको लागि जिल्ला अस्पताल गाईघाट हुँदै थप उपचारको लागि विराटनगरको गोल्डेन अस्पताल ल्याइएको थियो ।
उनकाे उपचारका क्रममा बुधबार दिउँसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । घटनामा संग्लग्न पुलकितलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।




