२०८२ कार्तिक ९       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

ओखलढुङ्गा, २६ वैशाख । मादक पदार्थ सेवन गरेर झैझगाडा हुँदा एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा ओखलढुङ्गा खजिदेम्बा गाउँपालिका–१ आरुबोट का ६० वर्षीय महेशकुमार खड्का रहेका छन् ।

शनिबार बेलुका पौने ९ बजे सोही स्थानका ५० वर्षीय प्रेमबहादुर सुनुवार र खड्काबीच मादक पदार्थ सेवन गरी कुटाकुट भएको थियो । सुनुवारले खड्काकै घरमा आएर उनीमाथि कुटपिट गरेका थिए ।

कुटपिटका क्रममा खड्काको घटनास्थलमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ । सुनुवार भने घाइते भएका छन् । स्थानीय क्लिनिकमा उपचार गरिएपछि इलाका प्रहरी कार्यालय खिजीफलाटेले उनलाई नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!