२०८२ कार्तिक ९       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

मोरङ, २६ वैशाख । मोरङमा आइतबार बिहान पानीसहित परेको चट्याङमा परेर एक जनाको मृत्यु भएको छ । मोरङको छुट्टा–छुट्टै स्थानमा चट्याङमा परेर १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका हुन् ।

आज बिहान पौने ९ बजे रंगेली नगरपालिका–१ हाटखोलाका ३० वर्षीय प्रवीणा माझीको चट्याङमा परी मृत्यु भएको छ । उनी बारीमा काम गरिरहेको अवस्थामा चट्याङ्मा परी गम्भीर घाइते भएका उनको रंगेली अस्पतालमा पुर्याउनासाथ मृत्यु भएको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ ।

त्यस्तै बिहान साढे ९ बजे मोरङकै जहदा गाउँपालिका–६ पोखरियाका ४५ वर्षीय मुक्तर मियाँ अन्सारी र उनकै श्रीमती २६ वर्षीया जाननारा खातुनलाई आफ्नै घरमा बसिरहेको अवस्थामा चट्याङको झट्का लागि घाईते भएका हुन् । उनीहरुको कोशी अस्पताल विराटनगरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!