२०८२ कार्तिक ८       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

मोरङ, २७ वैशाख । मोरङको रंगेलीमा इँटा बनाउने माटोको खाल्डोमा डुबेर बालकको मृत्यु भएकाे छ ।  रंगेली नगरपालिका-९ बेदमारीस्थितमा इँट्टा बनाउन खनेको माटोको खाल्डोमा जमेको पानीमा डुबेर १० वर्षीय बालक अलिअर मियाँको मृत्यु भएको हो ।

सोमबार बिहान पौने १० बजे भारत बिहार घर भई सोही स्थानमा रहेको देवि इट्टा उद्योगमा काम गर्ने मजदुर भुसननिया मियाँको अलिअर  खेल्ने क्रममा उक्त पानीको खाल्डोमा डुबेका थिए ।

पानीमा डुबेका उनको स्वास्थ्यावस्था गम्भीर भएका बालकको उपचारको लागि रंगेली अस्पताल लाने क्रममा बाटैमा मृत्यु भएको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ ।

घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको सो कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!