२०८२ कार्तिक ८       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर, ६ जेठ । हुण्डी कारोबारमा संग्लग्न रहेको आरोपमा तीन जनालाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर–१३ का २५ वर्षीय श्रवण साह, रंगेली नगरपालिका–१ की २५ वर्षीय जिज्ञासा चौधरी र विराटनगर–१३ का ३३ वर्षीय अमृतकुमार साह सुडी रहेका छन् ।

बिहीबार दिउँसो मोरङको बिराटनगर महानगरपालिका–११ रोडषेश चोकबाट २१ लाखभन्दा बढी रकमसहित पक्राउ परेका श्रवण र जिज्ञासालाई सोधपुछ गर्ने क्रममा हुण्डी कारोवारबाट प्राप्त रकम रहेको खुल्न आएसंगै उक्त कार्यमा संग्लग्न बिराटनगर –१३ का ३३ बर्षीय अमृत कुमार साह सुडीलाई समेत प्रहरीले पक्राउ गरेको हो ।

साह र चौधरीको साथबाट प्रहरीले नेपाली रुपैयाँ २१,७१,५००।– (एकाई लाख एकत्तरहजार पाँच सय) र भारतीय रुपैयाँ २३,०००।– (तेईस हजार) तथा बिभिन्न बैकका चेकहरु बरामद गरेको थियो ।

त्यस्तै अमृत कुमारको घर कोठा खानतलासी गर्दा मोवायल तथा नगद डिपोजिट रसिद बरामद भएको हो । यसरी ठूलो मात्रामा नगद रकमसहित पक्राउ परेका तीनै जनालाई आवश्यक कारवाहीको लागी राजश्व अनुसन्धान कार्यालय ईटहरी सुनसरी बुझाउने तयारी भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!