विराटनगर, ८ जेठ । प्रदेश १ माआज ८८८ जनाकोरोना संक्रमित थपिएका छन् । झापामा २७४, मोरङमा २४३, सुनसरीमा १६१, संखुवासभामा ५६, खोटाङमा ४७, इलाममा ३०, धनकुटामा १८, सोलुखुम्वुमा १६, उदयपुरमा ६, ओखलढुङ्गा र भोजपुरमा २–२, पाँचथर र तेह्रथुममा १–१ र प्रदेश १ बाहिरका ३१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
झापाको दमकमा ८५,विर्तामोडमा ३७, बुद्धशान्तिमा ३२, कनकाईमा २९, भद्रपुरमा २५, अर्जुनधारामा २३, मेचीनगरमा १२, कमल गाउँपालिकामा ९, गौरादहमा ६, शिवसताक्षीमा ५, गौरीगञ्जमा ४, बाह्रदशीमा ३, हल्दिबारी र झापा गाउँपालिकामा १–१ र स्थानीय तह नखुलेका २, मोरङको विराटनगरमा १६४, बेलबारीमा २२, केराबारीमा १५, पथरीशनिश्चरेमा १२, बुढीगंगामा १०, उर्लाबारीमा ५, जहदामा ४, ग्रामथान, धनपालथान र सुन्दरहरैचामा २–२, रंगेली, सुनबर्षी, मिक्लाजुङ, कानेपोखरी, कटहरी र स्थानीय तह नखुलेका १–१, सुनसरीको धरानमा ८०, इटहरीमा ३५, इनरुवामा १०,दुहवीमा ६,देवानगञ्ज र बराहक्षेत्रमा ५–५, बर्जुमा ४, रामधुनी, हरिनगर, भोक्राहानरसिंह, गढी र स्थानीय तह नखुलेका ३–३ जनामा संक्रमण देखिएको सामाजिकविकास मन्त्रालयले जनाएको छ ।
प्रदेश १ माकोरोना संक्रमितको संख्या ५०हजार ४६८ पुगेको छ । संक्रमित भएकामध्ये ३२ हजार २६६ जना संक्रमणमुक्त भएका छन् । आज २५७जना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या १७हजार ४५६ पुगेको छ । प्रदेश १ मा आज २ हजार ४३५ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएकामध्ये ३५३ महिला र ५३५ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।




