२०८२ कार्तिक ९       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर, ९ जेठ । मोरङमा कोरोना भाइरस सङ्क्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । मोरङका पाँचवटा अस्पतालमा उपचारका क्रममा ११ सङ्क्रमितको मृत्यु भएको हो । मोरङका विराट मेडिकल शिक्षण अस्पताल र नोबेल मेडिकल शिक्षण अस्पतालमा समान चार सङ्क्रमितको मृत्यु भएको छ भने कोसी कोभिड–१९ उपचार केन्द्र, न्यूरो अस्पताल र कोसी अस्पतालमा समान एक जनाको मृत्यु भएको हो ।

नोबेल शिक्षण अस्पतालका प्रबन्धक नारायण दाहालले आज चार सङ्क्रमितको ज्यान गएको जानकारी दिए । उनका अनुसार आज मृत्यु हुनेमा विराटनगर– २ का ९१ वर्षीय पुरुष, झापा अर्जुनधारा–११ का ५२ वर्षीय पुरुष, सप्तरी महादेवा–२ कि ६० वर्षीया महिला र धरान–१५ की ५५ वर्षीया महिला रहेकी छन् ।

यसैगरी विराट शिक्षण अस्पतालका कोभिड–१९ फोकल पर्सन सुनिल देवका अनुसार विराटनगर–१३ का ७० वर्षीय पुरुष, विराटनगर महानगरपालिका–१० कि ६३ वर्षीया महिला, विराटनगरकै ५५ वर्षीय पुरुष र इनरुवा–१ का ६५ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको हो ।

यस्तै, कोसी अस्पताल विराटनगरमा धनकुटाको धनकुटा नगरपालिका–१ का ५३ वर्षीय पुरुषको मृत्यु भएको छ । त्यसैगरी, न्यूरो अस्पतालमा विराटनगर–७ का ३३ वर्षीय पुरुषको मृत्यु भएको छ ।

यसैगरी, कोसी अस्पताल कोभिड १९ उपचार केन्द्रमा विराटनगर–३ का ७६ वर्षीय पुरुषको मृत्यु भएको संयोजक बैजनाथ साहले जानकारी दिए । उनका अनुसार कोसी कोभिडमा हालसम्म ज्यान गुमाउनेको सङ्ख्या ५७ पुगेको छ ।

हालसम्म कोरोना सङ्क्रमित भइ भर्ना भएका २८९ जनामध्ये १०६ सङ्क्रमित निको भइ घर फर्किएको उनले जनाए ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!