विराटनगर, ११ जेठ । जिल्ला प्रशासन कार्यालय मोरङले गणतन्त्र दिवसको अवसरमा तीन दिन दीप प्रज्ज्वलन गर्न आग्रह गरेको छ । मङ्गलबार विज्ञप्ति जारी गर्दै सहायक जिल्ला अधिकारी शरदकुमार पोखरेलले जेठ १४, १५ र १६ गते दीप प्रज्ज्वलन गर्न आग्रह गरेका हुन् ।
‘गणतन्त्र दिवस २०७८ मूल समारोह समितिको निर्णयानुसार तीन दिनसम्म मोरङ जिल्लाका हरेक घरमा दीप प्रज्ज्वलन गरी दीपावली गरी भव्यताका साथ गणतन्त्र दिवस मनाउन सम्पूर्ण जिल्लावासीमा अनुरोध छ’, विज्ञप्तिमा लेखिएको छ ।




