२०८२ कार्तिक ९       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर, १६ जेठ : प्रहरीले औषधि कालोबजारी गरेको आरोपमा विराटनगर–१५ स्थित एउटा मेडिकल स्टोरका संचालक रहेका सोही ठाउँका ३५ वर्षीय रवि कुमार रजकलाई पक्राउ गरेको छ ।

जनता मेडिकल स्टोर नामको औषधि पसल संचालन गर्ने रजकले फिजिसियन स्याम्पलका ठुलो परिणामका विभिन्न प्रकारका औषधि र लेबलिङ गरिएका औषधिका खाली खोलहरु भण्डारण गरेको पाइएपछि ती सवै औषधिहरुसहित आइतबार दिउँसो साढे १ बजे उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार रजकको घरको कोठामा खानतलासी गर्दा मुटुसम्बन्धि औषधी, पेनकिलर, विभिन्न प्रकारका एन्टिबाइटिक, इन्जेक्सन, बच्चाको कफको औषधि र सेनिटाइजर लगायत ४६ कार्टुन, थप औषधीहरु एक बोरा र लेबलिङ गरिएका औषधिका खोलहरु ७ कार्टुन बरामद गरिएको हो ।

औषधिहरु झुक्याएर विक्री गरेको, अवैध रुपमा औषधि भण्डार गरी कालोबजारी गरेको अभियोगमा औषधिसहित रजकलाई पक्राउ गरी कालोबजारी तथा सामाजिक अपराध तथा सजाय ऐन अन्तरगत थप अनुसन्धान अघि बढाएको मोरङ प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!