२०८२ कार्तिक ९       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

इटहरी, १६ जेठ । इटहरी उपमहानगरपालिकाका प्रमुख द्वारिकलाल चौधरी स्वास्थ्यकर्मीको टोलीसहित कोरोना सङ्क्रमितको घर–घर पुगेका छन् । इटहरी अस्पतालकी स्टाप नर्स विनिता खतिवडा र होम आइसोलेसन सर्पोट टिमका विसाल दाहाललाई लिएर मेयर चौधरी सङ्क्रमित भएर होम आइसोलेसनमा बसेकाहरूको घर–घरमा पुगेका हुन् ।

आइतबार उनले इटहरी वडा नम्वर १३, १६ र १७ का छ वटा घरमा पुगेर सङ्क्रमितहरूलाई भेटेका थिए । उनले सङ्क्रमितहरूको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिँदै उपमहानगर जनताको साथमा रहेको बताए । यस्तै सङ्क्रमितहरूलाई स्वास्थ्यकर्मीको टोलीले स्वास्थ्य परामर्श दिएका थिए । होम आइसोलेसनमा बस्दा पुर्याउनुपर्ने सावधानीको बारेमा जानकारी दिइएको छ । स्वास्थ्यकर्मीहरूको टोलीसहित नगरप्रमुख घरमै आइपुग्दा आधा बिराम निको भएको संक्रमितहरूले प्रतिक्रिया दिएका छन् ।

समस्या परेको बेला स्थानीय सरकार घरमै आउँदा उपमहानगर जनताप्रति उत्तरदायी रहेको पाएको उनीहरूको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!