विराटनगर, १६ जेठ । मोरङमा पुनः एक साता निषेधाज्ञा थपिएको छ । कोरोना सङ्क्रमितको सङ्ख्या बढ्नेक्रम यथावतै रहेको भन्दै जिल्ला प्रशासन कार्यालय मोरङले पुनः साता निषेधाज्ञा थपेको हो ।
जेठ १७ गते राति १२ बजेदेखि लागू हुनेगरी २४ गते राति १२ बजेसम्म निषेधाज्ञा थपिएको मोरङका सहायक प्रमुख जिल्ला अधिकारी शरदकुमार अधिकारीले जानकारी दिए । यो पाँचौँ चरणको निषेधाज्ञा हो । यसअघि गत सोमबार १७ गते राति १२ बजेसम्म लागू हुनेगरी चौथो चरणको निषेधाज्ञा थपिएको थियो ।





