२०८२ आश्विन ५       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

बेनी, १७ जेठ । सन् १९९२ देखि २००८ सम्म बैदेशिक रोजगारीमा कतार तथा कुबेतमा बिताएका डेकप्रसाद पुर्जाले अहिले पुर्ख्याैली पेशामा फर्केर वार्षिक तीन लाखभन्दा बढी जोगाउने गरेका छन् । म्याग्दीका रघुगंगा गाउँपालिका–५ झीँका ५१ वर्षिय पुर्जा अहिले आफ्नो बाबु बाजेले गर्दै आएको पेशा बाख्रा पालनमै रमाउँदै छन् ।

सयभन्दा धेरै खसी तथा बाख्रा पालेका पुर्जा आफ्नै घरमा भएको ब्यवासयबाट सन्तुष्ट भएको सुनाउँछन् । परिवारका सदस्यहरुको मात्रै मिहिनेतमा बाख्रा, भैँसी, गोरु पालेएका पुर्जाको मुख्य पेशा भनेको बाख्रा पालन हो ।

अहिले खसी बोका तथा बाख्रा साना ठुला गरेर ११५ रहको पुर्जाको भनाई छ । पुर्जालाई उनकी श्रीमती ५० वर्षिय देवी गर्बुजा अनि छोरा २९ वर्षीय राम गर्बुजाले पनि राम्रो साथ दिएका छन् । परिवारकै सदस्यको मिहिनेतले गर्दा आफ्नो पशुपालनको व्यवसायलाई यतिका बनाउन सकेको छु पुर्जाले भने ।

विगतमा पनि पशुपालन व्यवसायमै भएको भए पनि राज्यको निकायमा दर्ता गरेर व्यवसायीक रुपमा सञ्चालन नगरेका पुर्जाले २०७४ सालमा ब्यवसाय दर्ता गरेका थिए । घरेलु तथा साना उद्योग कार्यालयमा गर्बुजा बाख्रा फर्म दर्ता गरेर ६ लाख लगानी गरी ब्यवसायिक रुपमा बाख्रा पाल्न शुरु गरेको थिए । खोर निर्माण तथा बाख्राको पाठा खरिदमा ६ लाख खर्चेर व्यवसाय अगाडि बढाएका थिए ।

अहिले फर्ममा रहेको खसी बाख्रा मात्रै २० लाखभन्दा बढी मुल्य पर्ने पुर्जाको भनाई छ । ‘सन १९९२ मा कुबेत गएँ लगानी गरेरै जान पर्ने, त्यहाँ गएर जति मिहिनेत गर्दा पनि आठ देखि १० हजार पनि कमाउन सकिएन’, पूर्जा भन्छन्,‘कुबेत तथा कतारमा झण्डै १६ वर्ष बित्यो तै पनि आफ्नो सोच र जुन लक्ष्य लिएर गएको थिएँ त्यो अनुसार आम्दानी नभए पछि बाबु बाजेले गर्दै आएको पशुपालनमै केन्द्रित भएको हुँ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!