२०८३ बैशाख ९       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

अजय मण्डल

देवानगञ्ज, १८ जेठ । सुनसरीको देवानगंज गाउँपालिका वडा नं – ३ ले किसानहरुलाई निःशुल्क धानको बिउ वितरण गरेको छ । सोमबार उक्त वडाले किसानहरुलाई निःशुल्क धानको बिऊ वितरण गरेको थियो ।

वडा नं ३ का अध्यक्ष अनिलकुमार भगतका अनुसार किसानको जग्गाको आधारमा वडाले बिउ वितरण गरेको हो । कोरोना महामारीलाई मध्य नजर गर्दै, वडाले भोतिक दूरी कायम गरेर बिउ वितरण गरिएको वडाध्यक्ष भगतले जनाए । उनका अनुसार धेरै जसो किसानहरुले राधा १२ धानको बिउ लिएका छन् । यस्तै किसानले कान्छी धानलगायत अन्य धानको बिउ पनि लिएका थिए ।

वडाबाट निःशुल्क बिउ पाएपछि किसान खुसी बनेका छन् । किसान विद्यानन्द मेहताले भने, ‘यो निषेधाज्ञाको कारण ले गर्दा मसँग बिउ किन्ने पैसा थिएन । यस्ताे कठिन अवस्थामा हामीलाई बिऊ उपलब्ध गराइदिएर वडाले राम्रो काम गरेकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!